CG Electronics
IME Life
NIMB

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा योजना सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं, नेपाल पर्वतारोहण संघ (NMA) र सगरमाथा इन्स्योरेन्स कम्पनी बीच भएको सम्झौताअनुसार नेपाल पर्वतारोहण संघका स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा योजना सुरु गरिएको छ। यो योजना अन्तर्गत पर्वतारोहण दलका सहयोगी सदस्यहरू, जस्तै सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायक कर्मचारीहरूले बीमा सुविधा प्राप्त गर्न सक्नेछन्।

यस बीमा योजनाअनुसार प्रत्येक सहयोगी सदस्यले न्यूनतम रु. १५ लाख सम्मको दुर्घटना बीमा, रु. ४ लाख सम्मको स्वास्थ्य उपचार बीमा, र अमेरिकी डलर १०,००० सम्मको खोजी तथा हेलिकप्टर उद्धार बीमा कवरेज प्राप्त गर्न सक्नेछन्। यो बीमा योजना पर्यटन नियमावली अनुसार तय गरिएको न्यूनतम बीमा रकम हो।

नेपाल पर्वतारोहण संघले यो बीमा योजना स्रोत सदस्यहरूका लागि सहुलियत दरमा उपलब्ध गराएको छ। यसअघि पदयात्रा एजेन्सीहरूले यस्तो बीमा महँगो दरमा खरिद गर्नुपर्ने अवस्था थियो। तर अब संघले योजना ल्याएर स्रोत सदस्यहरूका लागि बीमा सुविधा सजिलो र सस्तोमा उपलब्ध गराएको छ।

सम्झौतापत्रमा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नरु शेर्पा र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका थिए। यस सम्झौतालाई पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको उपस्थितिमा सार्वजनिक गरिएको थियो।

यो ट्रेकिङ बीमा योजना मार्च ०१, २०२५ देखि लागू हुनेछ। यसले पर्वतारोहण क्षेत्रमा कार्यरत सहयोगी कर्मचारीहरूको सुरक्षा र स्वास्थ्यलाई अझ बढी प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय...

वि.सं.२०८३ साउन १३ बुधवार २३:३१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष...

वि.सं.२०८३ साउन १३ बुधवार २३:१८

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...