CG Electronics
IME Life
NIMB

नेपाल एसबिआई बैंकले आदर्श बालिका माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्यो

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं. ७ मा अवस्थित आदर्श बालिका माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई स्कुल ब्याग र शैक्षिक सामग्री उपलब्ध गराएको छ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री राम कुमार तिवारीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यहरूलाई यो सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे। यस कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत श्री राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत श्री विकास आनन्द, प्रमुख कर्जा अधिकृत श्री अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल लगायत बैंक र विद्यालयका अन्य उच्च पदाधिकारी तथा शिक्षकहरू उपस्थित थिए।

नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै आइरहेको छ। बैंकले हाल देशभर १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२३ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरिरहेको छ।

यस अवसरमा बैंकका प्रतिनिधिहरूले शिक्षा र समाज विकासमा योगदान पुर्याउने बैंकको प्रतिबद्धता दोहोर्याए। विद्यालय प्रशासनले पनि बैंकको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि जारी रहने आशा व्यक्त गरे।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...