Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल एसबिआई बैंकले आदर्श बालिका माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्यो

 

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं. ७ मा अवस्थित आदर्श बालिका माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई स्कुल ब्याग र शैक्षिक सामग्री उपलब्ध गराएको छ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री राम कुमार तिवारीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यहरूलाई यो सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे। यस कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत श्री राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत श्री विकास आनन्द, प्रमुख कर्जा अधिकृत श्री अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल लगायत बैंक र विद्यालयका अन्य उच्च पदाधिकारी तथा शिक्षकहरू उपस्थित थिए।

नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै आइरहेको छ। बैंकले हाल देशभर १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२३ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरिरहेको छ।

यस अवसरमा बैंकका प्रतिनिधिहरूले शिक्षा र समाज विकासमा योगदान पुर्याउने बैंकको प्रतिबद्धता दोहोर्याए। विद्यालय प्रशासनले पनि बैंकको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि जारी रहने आशा व्यक्त गरे।

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी...

वि.सं.२०८२ असार २३ सोमवार २३:४१

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम...

वि.सं.२०८२ असार २२ आइतवार २१:४१

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२३

  काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’...

वि.सं.२०८२ असार २० शुक्रवार १५:०६

काठमाडौं । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ...