CG Electronics
IME Life
NIMB

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा अध्यक्ष लेखनाथ कोइरालाद्वारा प्रस्तुत ‘सांगठनिक प्रतिवेदन’ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन’ सुझावसहित पारित गरिएको छ ।

‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान राजनीतिक अधिकार सहितको ट्रेड यूनियन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ १२ औं महाधिवेशन सम्पन्न गरेको हो ।

मंगलवार पत्रकार सम्मेलन गर्दै नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहितको आवाज उठाएको संगठनका महासचिव रामचन्द्र अधिकारीले बताए ।

उनले भने,‘ नेपाल निजामती कर्मचारी संगठनले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहित एव अधिकारको अतिरिक्त प्रभावकारी जनसेवा प्रवाह, व्यवस्थित र मर्यादित ट्रेड युनियनको पक्षमा विगत ३४ वर्षदेखि निरन्तर आवाज उठाउँदै आइरहेको छ ।’

बाह्रौ महाधिवेशनबाट भवानी न्यौपाने दाहालको अध्यक्षतामा १७१ सदस्यीय केन्द्रीय कार्य समिति, ५ सदस्यीय लेखापरीक्षण आयोग, ५ सदस्यीय अनुशासन आयोग, ५ सदस्यीय नीति अनुसन्धान आयोग, ११ सदस्यीय विज्ञान तथा प्रविधि आयोग र ७१ जना केन्द्रीय परिषद् सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको संगठनका महासचिव अधिकारीले जानकारी दिएका छन् ।

यस्तै, संगठनका नव अध्यक्ष भवानी न्यौपाने दाहालले बहालवाला, सेवा निवृत कर्मचारी र अस्थायी कर्मचारीको ज्यालादारीको विषयमा काम गनुपर्ने बताइन् ।

उनले भनिन्, ‘बहालवाला र सेवा निवृत कर्मचारीको विषयमा पनि काम गर्नुपर्ने हामीले उहाँहरुको आवाज बोक्नुपर्ने यति मात्र हैन करार अस्थाइ ज्यालादारीको विषयमा पनि हामीले उहाँहरुलाई समेटेर लानुपर्ने दायित्व रहेको छ ।’
उनले राम्रा कामलाई निरन्तरता दिदै निश्कर्षमा पुर्याउने पनि बताइन् ।

 

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...