Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

Machhapuchchhre Bank Limited

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पछिल्लो समय लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

युके–नेपाल विजनेश फोरमले मंगलवार काठमाडौंमा आयाोजना गरेको “अनप्याकिङ नेपालः मार्केट अपरच्युनिटीज फर युके विजनेश ” शेसनमा विशेष वक्ताको रुपमा बोल्दै अध्यक्ष ढकालले महासंघको पहलमा सरकारले लगानी सहज बनाउन ३० भन्दा बढी कानूनी सुधारहरू गरेको जानकारी दिँदै यी सुधारहरूले उद्योग व्यवसायमैत्री वातावरण निर्माण भईरहेको बताउनु भयो ।

यस्तै द्विपक्षीय लगानी सम्झौता अर्को महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उहाँले यस सम्झौताले नेपाल र बेलायत बीचको विश्वासलाई बलियो बनाउने, लगानीको राम्रो सुरक्षा प्रदान गर्दै र व्यापारको सम्बन्धलाई सहज बनाउने धारणा राख्नु भयो ।

नेपाल सम्भाव्यताले भरिपूर्ण देश भएको उल्लेख गर्दै उहाँले नेपालमा उर्जा, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि उत्पादन, पूर्वाधार र स्वास्थ्य सेवा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न बेलायती व्यवसायीहरूलाई आग्रह गर्नु भयो ।

“महासंघको पहलमा धेरै नीतिगत सुधार भएका छन् । जसले नेपालमा लगानीमत्री वातावरण सिर्जना गरेको छ । यो अवस्थामा निरन्तर आर्थिक सुधार र बलियो अन्तर्राष्ट्रिय साझेदार बेलायती व्यवसायीशहरुलाई स्वागत गर्न तयार छौं । बेलायती विशेषज्ञता, प्रविधि र लगानीले नेपालको भविष्यलाई आकार दिन मद्दत गर्नेछ भने व्यवसायीलाई पनि दीर्घकालीन लाभ पनि दिनेछ ।” उहाँले भन्नु भयो ।

महासंघको पहलमा १० अर्ब रुपैयाँको पूँजी भएको कम्पनी स्थापना गरी स्थानीय लगानीकर्ताहरूसँग सहजीकरण गरेको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने व्यवसायीहरुका लागि सहजीकरण गर्न महासंघ सधैं तयार रहेको समेत बताउनु भयो ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...