Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

मन्त्री गुप्तासँग निजामती कर्मचारी संगठनको भेट, उच्च अदालतको फैसला कार्यान्वयन गरिदिन आग्रह

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ ।
संगठनको माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिले मंगलबार मन्त्री गुप्तासँग मन्त्रालयमै भेट गरेको हो ।

विभागीय मन्त्री गुप्तालाई भेट्न संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित पदाधिकारी र उपलब्ध सदस्यहरु मन्त्रालय पुगेका थिए ।
भेटमा मन्त्री गुप्ताले नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व चयन गरेर इतिहास रचेकामा खुसी व्यक्त गर्दै नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिलाई बधाई ज्ञापन र कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । उनले नवनिर्वाचित नेतृत्वसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्दता पनि व्यक्त गरे ।

भेटमा निजामती कर्मचारी संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालले रिक्त रहेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पद सङ्ख्या उच्च अदालत पाटनले गरेको फैसलाबमोजिम ४२६ कायम गरी पुनः विज्ञापनका लागि पहल गरिदिन मन्त्री गुप्तासँग आग्रह गरे ।

नेपाल निजामती कर्मचारी संगठन नेकपा एमालेसम्बद्ध कर्मचारीहरुको संगठन हो । काठमाडौंमा हालै सम्पन्न १२औँ महाधिवेशनले दाहालको नेतृत्वमा ऐतिहासिक कार्यसमिति निर्वाचित गरेको थियो ।

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता...

वि.सं.२०८१ चैत १ शनिवार २२:५०

  काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति...

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड...

वि.सं.२०८१ चैत १ शनिवार २२:४६

  काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड...

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त...

वि.सं.२०८१ चैत १ शनिवार २२:४१

  काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको...

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान...

वि.सं.२०८१ चैत १ शनिवार २२:१९

  काठमाडौँ । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको...

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र...

वि.सं.२०८१ चैत १ शनिवार २१:५३

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले...

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ...

वि.सं.२०८१ चैत १ शनिवार २१:१४

  हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको...