Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नर्मदेश्वर महोत्सव उद्घाटन गर्दै उद्योगमन्त्री भण्डारीले भने(स्थानीय उत्पादनको ब्रान्डिङ तीनै तहका सरकारको दायित्व

 

ओखलढुंगा। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनको प्रवर्द्धन, ब्रान्डिङ, र उपयोगलाई संघ, प्रदेश, र स्थानीय तीनै तहका सरकारहरूले प्राथमिकता दिनुपर्ने बताएका छन्।

शनिबार ओखलढुंगाको लिखु गाउँपालिका(३ मा आयोजित नर्मदेश्वर महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली उत्पादनको बजार विस्तार र निर्यात प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधारहरू गर्दै अघि बढेको उल्लेख गरे।

मन्त्री भण्डारीले भने, “मेरो मन्त्रालयमा प्रयोग गरिने सबै टेबल, कुर्सी तथा अन्य सामग्री नेपाली उत्पादनकै हुन्। स्थानीय सरकारले पनि नेपाली माटोमा उत्पादन भएका तथा नेपाली उद्योगमा निर्मित वस्तुहरूको उपभोगलाई प्राथमिकता दिनुपर्छ। त्यसको ब्रान्डिङ र बजारीकरणका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ।”

उनले लिखु गाउँपालिकाले स्थानीय उत्पादनको उपभोगलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै भने, “आजबाट लिखु गाउँपालिकाभित्र उत्पादित वस्तुको पहिलो उपभोक्ता यही गाउँपालिका नै हुनुपर्छ।”

मन्त्री भण्डारीले गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले मन्त्रालयसमक्ष लिखुको स्थानीय उद्योग स्थापनाबारे केही प्रस्ताव ल्याएको भन्दै त्यसमा काम गर्ने बताए । उनले स्थानीयस्तरमा उद्योग स्थापना गरेर पहिलो उपभोग स्थानीय सरकारमार्फत नै गर्नेगरी सरकारले सघाउने आश्वासन समेत दिए ।

मन्त्री भण्डारीले ओखलढुंगाका सडक तथा अन्य विकाससम्बन्धी मागहरू संघीय सरकारसम्म पुर्याउने र आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

महोत्सव स्थल अवलोकन गर्ने क्रममा उनले स्थानीय उत्पादनका स्टलहरू भ्रमण गर्दै केही उत्पादनहरू समेत खरिद गरेका थिए।

नर्मदेश्वर महादेव मन्दिरको प्रचारप्रसार तथा पर्यटन तथा औद्योगिक प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजित नर्मदेश्वर महोत्सवमा स्थानीय समुदायले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरे।

कार्यक्रममा पूर्व सांसद यज्ञराज सुनुवार, गाउँपालिका अध्यक्ष अशोक कार्की, उपाध्यक्ष अस्मिता थापा, कोशी प्रदेशका पूर्व सांसद मोहन खड्का, वडा नम्बर ३ का वडाध्यक्ष सोकर्ण श्रेष्ठलगायतले संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो व्यक्त गरे।

वडाध्यक्ष श्रेष्ठका अनुसार “पूर्वाधार तथा पर्यटन विकासका लागि नर्मदेश्वर महोत्सव” भन्ने मूल नारासहित आयोजित महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता तथा स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि रहनेछ।

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर...

वि.सं.२०८२ असार २२ आइतवार २१:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश

बागमती प्रदेशको बजेट पुनःसंरचना : दुई अर्बका...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२७

  हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३...