CG Electronics
IME Life
NIMB

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले अनुपालन, तालिम तथा सेमिनार सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ ।  आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल/सीएफटी (AML/CFT) सम्बन्धी तालिम तथा सेमिनार सफलतापूर्वक सम्पन्न गरेको छ।

यो कार्यक्रम काभ्रेपलान्चोक स्थित बल्थली भिलेज रिसोर्टमा आयोजना गरिएको थियो, जसमा कम्पनीका उच्च व्यवस्थापन, सातै प्रदेशका प्रमुखहरू, विभागीय प्रमुखहरू र काठमाडौँ उपत्यकाका शाखा प्रबन्धकहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उपस्थित सबैलाई अनुपालन तथा एएमएल/सीएफटी सम्बन्धी विस्तृत जानकारी दिए। उनले कम्पनीका नीति, ऐन, नियम तथा परिपत्रहरूको पालना गर्नुपर्ने महत्वबारे जानकारी गराए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सबै शाखा, प्रदेश तथा विभागीय प्रमुखहरूलाई आफ्नो दैनिक कार्यमा कम्पनीका नियमक निकायले जारी गरेका निर्देशन, ऐन, नियम र परिपत्रहरूको अक्षरसः पालना गर्न आग्रह गरे। उनले ग्राहकहरूलाई सेवा प्रदान गर्दा यी नियमहरूको पालना गर्नुपर्ने बताउँदै कर्मचारीहरूलाई दैनिक कार्यमा सतर्क रहन निर्देशन दिए।

सोही अवसरमा, उनले सबै विभागीय प्रमुख तथा प्रदेश प्रमुखहरूलाई आफ्नो टोलीका कर्मचारीहरूलाई पनि यी नियमहरूको पालना गर्न निर्देशन दिन आग्रह गरे। उनले ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरूको पालना गरेर मात्र कार्य गर्नुपर्ने जोड दिए।

यसरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूलाई अनुपालन तथा एएमएल/सीएफटी सम्बन्धी जानकारी दिई, कम्पनीका नियमहरूको पालना गर्न प्रेरित गरेको छ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...