Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं : मन्त्री पौडेल

Machhapuchchhre Bank Limited

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताएका छन् ।

संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भैरहेको बताए ।

केही दिनअघि औषधी व्यवसायीहरुको कार्यक्रममा यही विषयमा विकृतिका उदाहरणसहित मन्त्री पौडेलले बोलेको अभिव्यक्ति मध्ये यसरी सकिंदैन भन्ने क्लिपहरु मात्र अहिले सञ्चारमाध्यममा भाइरल बनेकामा यता मन्त्री पौडेलको सचिवालयले पूरा भिडियो हेरेर मात्र धारणा बनाउन आग्रह गरेको छ ।

मन्त्री पौडेलले बीमामा विकृति देखिएका कारण विनियोजित बजेटले खर्च नधान्ने अवस्था रहेकामा विकृति हटाउँदै नीतिगत सुधार गर्ने काम भैरहेको बताएको सचिवालयले उल्लेख गरेको छ ।

गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ, सचिवालयले प्रेस नोटमा भनेको छ, सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो ।

मन्त्री पौडेलले अहिलेकै स्थितिबाट यो चल्दैन त्यसैले अब यो हटाउने भन्ने नभइ यसलाई व्यवस्थित गर्न खोजिएको हो यसलाई व्यवस्थित गर्न दुई चरणको काम गरि सक्यौ भनेर मन्त्री पौडेलले भनेको पुनः प्रष्ट पारेको छ । भिडियोको क्लिप र पूरा भिडियो लिंक यसैसाथ संलग्न छ ।

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता...

वि.सं.२०८१ चैत १ शनिवार २२:५०

  काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति...

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड...

वि.सं.२०८१ चैत १ शनिवार २२:४६

  काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड...

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त...

वि.सं.२०८१ चैत १ शनिवार २२:४१

  काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको...

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान...

वि.सं.२०८१ चैत १ शनिवार २२:१९

  काठमाडौँ । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको...

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र...

वि.सं.२०८१ चैत १ शनिवार २१:५३

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले...

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ...

वि.सं.२०८१ चैत १ शनिवार २१:१४

  हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको...