महाशिवरात्रि विशेष: भालेश्वर महादेव दर्शन, भक्तिमय उत्सव र महाआरती साँझ ४ देखि ९ बजेसम्म केबलकार टिकटमा ५०% छुट

Tuesday Feb 25, 2025
वि.सं.२०८१ फागुन १३ मंगलवार ०६:०७

काठमाडौँ । यस फाल्गुन १४ गते बुधवार पर्न गएको महाशिवरात्री २०८१ को पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरतीको भव्य आयोजना गरिनेछ । यस अवसरमा भक्तजनहरूले भालेश्वर महादेवको दर्शन गरी आफ्नो श्रद्धा र भक्ति प्रकट गर्न पाउनेछन् ।
महाशिवरात्रिको पुरै दिन मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम संचालन गरिनेछ भने साँझ ५ बजेदेखि विशेष महाआरतीको आयोजना गरिनेछ । महाआरतीमा सहभागी हुन चाहने भक्तजनहरूका लागि चन्द्रागिरी हिल्सले साँझ ४ बजेदेखि ९ बजेसम्मको केबलकार टिकटमा ५०% छुट प्रदान गर्ने निर्णय गरेको छ ।
यस अवसरमा सबै भक्तजनहरूलाई भालेश्वर महादेवको दर्शन गर्न र महाआरतीमा सहभागी हुन आमन्त्रण गरिन्छ ।