Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

 

काठमाडौं । न्यु इनर्जी भेहिकल कम्पनी बिवाईडीको हाइटेक वीक -२०२५ सुरु भएको छ ।

बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ प्रविधि र सुपरकारसहित हाइटेक वीक बुधबारबाट सुरु गरेको हो । बिवाईडीको हाइटेक वीकमा नेपाली सडकमा नगुडेका ५ नयाँ मोडलका कारहरु प्रदर्शनीमा राखिएको छ । नयाँ बानेश्वरको एभरेष्ट होटलमा सुरु भएको यो हाइटेक वीकमा चाडै नेपालमा बिक्री सुरु हुने दुई मोडल समेत प्रदर्शनीमा राखिएको छ ।

कम्पनीका अनुसार बिवाईडीको अफरोड पीकअप ट्रक सार्क, बाओ ५, याङवाङ यु ८, जेड ९ जिटी, डेन्जा प्रदर्शनीमा राखिएको हो । याङवाङ यु ८ सुपर कार हो, जसको ३६० डिग्री ट्यांक टर्न क्षमता छ अर्थात ३६० डिग्रीमा गाडी घुम्छ भने आपतकालीन अवस्थामा डेढ घण्टासम्म पानीमाथि समेत तैरिन सक्ने क्षमता छ ।

बिवाईडीले छिट्टै नेपाली बजारमा प्लग-इन हाइब्रिड पीकअप सार्क तथा लक्जरी एमपीभी जेन्डा जेड ९ जिटी बिक्री गर्ने तयारी गरेको छ । यी दुवै कार राइट ह्याण्ड ड्राइभ भर्सनमा आएका छन् । नेपालमा ब्याट्री ईभी बिक्री गरिरहेको साइमेक्स इंकले नेपालमा प्लग-इन हाइब्रिड समेत बिक्री गर्ने भएको छ । बाँकी ती मोडल भने प्रदर्शनीका लागि मात्रै राखिएको हो । हाइटेक वीकमा सबै कार चलाएर देखाइएको थियो ।

यो कार्यक्रममा सहभागीहरूले हाई-टेक इन्टरएक्टिभ जोनहरू, बिवाईडीको ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ-प्लेटफम ३.०, डुअल मोड अफ-रोड, उन्नत चालक सहायता प्रणाली (एडास) र गाडीभित्रको एआईलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् ।

नेक्स्ट-जेन सवारी प्रदर्शन, बिवाईडीका नवीनतम र आउँदै गरेका ईभी मोडेलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने र तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पाउनेछन् । स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक-समय प्रविधि प्रदर्शनको लाइन डेमोन्स्ट्रेसन भइरहेको कम्पनीले जनाएको छ ।

नयाँ बिवाईडी मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर पाइनेछ । परिवारमैत्री गतिविधिहरू हुनेछन्, जसले परिवार र प्रविधि प्रेमीहरूका लागि यो कार्यक्रम अझ रोमाञ्चक बनाउनेछ ।

कम्पनीका अनुसार नेपालमा विद्युतीय सवारीको भविष्यको आधारशिला बिवाईडी हाई-टेक वीक २०२५ ले नेपालको हरित ऊर्जा यात्रालाई गति दिनुका साथै ईभी प्रविधिमा नवीनता ल्याउने लक्ष्य राखेको छ ।

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो

यामाहाले ग्लोबलको ७०औँ वार्षिकोत्सव नेपालमा पनि मनाइयो

वि.सं.२०८२ असार २२ आइतवार २१:१२

  काठमाडौं । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७०...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन...

वि.सं.२०८२ असार २० शुक्रवार १४:५५

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ‘नाडा अटो शो...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस...

वि.सं.२०८२ असार २० शुक्रवार १४:१५

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’...

वि.सं.२०८२ असार १८ बुधवार १८:०५

काठमाडौं । विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण शार्क...

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकाका सम्बन्धमा छलफल

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात,...

वि.सं.२०८२ असार १८ बुधवार १२:५६

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी...