CG Electronics
IME Life
NIMB

नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

NIMB
Himalayan Bank

 

काठमाडौं । न्यु इनर्जी भेहिकल कम्पनी बिवाईडीको हाइटेक वीक -२०२५ सुरु भएको छ ।

बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ प्रविधि र सुपरकारसहित हाइटेक वीक बुधबारबाट सुरु गरेको हो । बिवाईडीको हाइटेक वीकमा नेपाली सडकमा नगुडेका ५ नयाँ मोडलका कारहरु प्रदर्शनीमा राखिएको छ । नयाँ बानेश्वरको एभरेष्ट होटलमा सुरु भएको यो हाइटेक वीकमा चाडै नेपालमा बिक्री सुरु हुने दुई मोडल समेत प्रदर्शनीमा राखिएको छ ।

कम्पनीका अनुसार बिवाईडीको अफरोड पीकअप ट्रक सार्क, बाओ ५, याङवाङ यु ८, जेड ९ जिटी, डेन्जा प्रदर्शनीमा राखिएको हो । याङवाङ यु ८ सुपर कार हो, जसको ३६० डिग्री ट्यांक टर्न क्षमता छ अर्थात ३६० डिग्रीमा गाडी घुम्छ भने आपतकालीन अवस्थामा डेढ घण्टासम्म पानीमाथि समेत तैरिन सक्ने क्षमता छ ।

बिवाईडीले छिट्टै नेपाली बजारमा प्लग-इन हाइब्रिड पीकअप सार्क तथा लक्जरी एमपीभी जेन्डा जेड ९ जिटी बिक्री गर्ने तयारी गरेको छ । यी दुवै कार राइट ह्याण्ड ड्राइभ भर्सनमा आएका छन् । नेपालमा ब्याट्री ईभी बिक्री गरिरहेको साइमेक्स इंकले नेपालमा प्लग-इन हाइब्रिड समेत बिक्री गर्ने भएको छ । बाँकी ती मोडल भने प्रदर्शनीका लागि मात्रै राखिएको हो । हाइटेक वीकमा सबै कार चलाएर देखाइएको थियो ।

यो कार्यक्रममा सहभागीहरूले हाई-टेक इन्टरएक्टिभ जोनहरू, बिवाईडीको ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ-प्लेटफम ३.०, डुअल मोड अफ-रोड, उन्नत चालक सहायता प्रणाली (एडास) र गाडीभित्रको एआईलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् ।

नेक्स्ट-जेन सवारी प्रदर्शन, बिवाईडीका नवीनतम र आउँदै गरेका ईभी मोडेलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने र तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पाउनेछन् । स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक-समय प्रविधि प्रदर्शनको लाइन डेमोन्स्ट्रेसन भइरहेको कम्पनीले जनाएको छ ।

नयाँ बिवाईडी मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर पाइनेछ । परिवारमैत्री गतिविधिहरू हुनेछन्, जसले परिवार र प्रविधि प्रेमीहरूका लागि यो कार्यक्रम अझ रोमाञ्चक बनाउनेछ ।

कम्पनीका अनुसार नेपालमा विद्युतीय सवारीको भविष्यको आधारशिला बिवाईडी हाई-टेक वीक २०२५ ले नेपालको हरित ऊर्जा यात्रालाई गति दिनुका साथै ईभी प्रविधिमा नवीनता ल्याउने लक्ष्य राखेको छ ।

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...