CG Electronics
IME Life
NIMB

सिंहदरवार चारेर अनुदान लिने प्रवृत्तिको अन्त्य: कृषिमन्त्री अधिकारीको घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयले किसानहरूको हितमा काम गरिरहेको बताउँदै सिँहदरवार चारेर अनुदान लिने विगतको प्रवृत्तिको अन्त्य भएको घोषणा गर्नुभयो ।

युवा किसान सञ्जालले आयोजना गरेको “किसान सम्मान एवं अन्तरक्रिया” कार्यक्रममा मन्त्री अधिकारीले आफूले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनाको अवधिमा कृषि र किसानहरूको हितमा धेरै कामहरू गरिएको बताउनुभयो । उहाँले अझै धेरै कार्यहरू गर्न बाँकी रहेको र यसको सकारात्मक प्रतिफल देखिने बताउनुभयो ।

मन्त्री अधिकारीले कृषि ऐन चाडै अघि बढाउने तयारी भएको र यसले कृषि मार्फत समृद्धि ल्याउने उद्देश्य राखेको बताउनुभयो । उहाँले ऐन चाडै मन्त्रीपरिषद् हुँदै संसद्मा पुग्ने बताउनुभयो । यस ऐनले कृषि मार्फत गरिवी घटाउने र किसानहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।

किसानहरूलाई परिचयपत्र वितरण गर्ने कार्य यसै वर्षदेखि सुरु गरिने बताउँदै मन्त्री अधिकारीले प्रधानमन्त्रीबाट नै परिचयपत्र वितरण सुरु गर्ने तयारी भएको बताउनुभयो ।

मन्त्री अधिकारीले विगत पाँच वर्षमा कृषि मन्त्रालय मार्फत १ खर्ब ७ अर्ब रुपैयाँ अनुदान वितरण गरिएको र यसको उपलब्धि खोज्ने काम भएको बताउनुभयो । उहाँले सिँहदरवार चारेर अनुदान लिने प्रवृत्तिको अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदा अनुदानको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

किसानहरूलाई समयमै मल र बीउ नपुग्ने समस्याको बारेमा प्रश्न उठ्दा मन्त्री अधिकारीले रासायनिक मलमा ठूलो रकम अनुदान दिइएको र यसको सहज वितरणमा प्रदेश र स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले कृषि क्षेत्रमा पारदर्शिता र जवाफदेहिता बढाउने र किसानहरूको जीवनस्तर सुधार्ने दिशामा मन्त्रालयले अगाडि बढिरहेको बताउनुभयो ।

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...