Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सिंहदरवार चारेर अनुदान लिने प्रवृत्तिको अन्त्य: कृषिमन्त्री अधिकारीको घोषणा

Machhapuchchhre Bank Limited

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयले किसानहरूको हितमा काम गरिरहेको बताउँदै सिँहदरवार चारेर अनुदान लिने विगतको प्रवृत्तिको अन्त्य भएको घोषणा गर्नुभयो ।

युवा किसान सञ्जालले आयोजना गरेको “किसान सम्मान एवं अन्तरक्रिया” कार्यक्रममा मन्त्री अधिकारीले आफूले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनाको अवधिमा कृषि र किसानहरूको हितमा धेरै कामहरू गरिएको बताउनुभयो । उहाँले अझै धेरै कार्यहरू गर्न बाँकी रहेको र यसको सकारात्मक प्रतिफल देखिने बताउनुभयो ।

मन्त्री अधिकारीले कृषि ऐन चाडै अघि बढाउने तयारी भएको र यसले कृषि मार्फत समृद्धि ल्याउने उद्देश्य राखेको बताउनुभयो । उहाँले ऐन चाडै मन्त्रीपरिषद् हुँदै संसद्मा पुग्ने बताउनुभयो । यस ऐनले कृषि मार्फत गरिवी घटाउने र किसानहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।

किसानहरूलाई परिचयपत्र वितरण गर्ने कार्य यसै वर्षदेखि सुरु गरिने बताउँदै मन्त्री अधिकारीले प्रधानमन्त्रीबाट नै परिचयपत्र वितरण सुरु गर्ने तयारी भएको बताउनुभयो ।

मन्त्री अधिकारीले विगत पाँच वर्षमा कृषि मन्त्रालय मार्फत १ खर्ब ७ अर्ब रुपैयाँ अनुदान वितरण गरिएको र यसको उपलब्धि खोज्ने काम भएको बताउनुभयो । उहाँले सिँहदरवार चारेर अनुदान लिने प्रवृत्तिको अन्त्य भएको र आफू मन्त्रालयको नेतृत्वमा रहँदा अनुदानको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

किसानहरूलाई समयमै मल र बीउ नपुग्ने समस्याको बारेमा प्रश्न उठ्दा मन्त्री अधिकारीले रासायनिक मलमा ठूलो रकम अनुदान दिइएको र यसको सहज वितरणमा प्रदेश र स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले कृषि क्षेत्रमा पारदर्शिता र जवाफदेहिता बढाउने र किसानहरूको जीवनस्तर सुधार्ने दिशामा मन्त्रालयले अगाडि बढिरहेको बताउनुभयो ।

 

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...