उच्च नौतिक चरित्र राजनीतिमा पुर्नस्थापित गर्नुपर्ने आवश्यक छ : मन्त्री पाण्डे

Saturday Mar 01, 2025
वि.सं.२०८१ फागुन १७ शनिवार १९:३०

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले राजनीतिक दल र राजनीतिक दलका मानिसहरुले उच्च नौतिक चरित्र राजनीतिमा पुर्नस्थापित गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
‘सामग्री र सांस्कृतिक–नैतिक उन्नतिः चीनको अभ्यास’ विषयक कार्यक्रममा बोल्दै उनले हामीले केवल आफ्नो मिठो मसिनो खाना, नरम र तातो नाना मात्र नभैइ मन भित्रको शान्ति,मन भित्रको आत्म सन्तोषलाई समेत अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘आज दुनियाँले मानव सभ्यताले भौतिक विकास गर्यो नै । तर भौतिक विकासबाट सन्तुष्ट छैन मानव । मानवले आत्मिक विकास, आत्म सन्तुष्टिको विषय जुन कुरा हाम्रो दर्शनले हामीलाई निर्देशन गरेको कुरा हो ।
आज वास्तवमा हामी राजनीतिक दल र राजनीतिक दलका मानिसहरुले उच्च नौतिक चरित्र राजनीतिमा पुर्नस्थापित गर्नुपर्ने आवश्यक छ ।
हामीले केवल आफ्नो मिठो मसिनो खाना, नरम र तातो नाना मात्र नभैइ मन भित्रको शान्ति,मन भित्रको आत्म सन्तोष यसलाई पनि अभिवृद्धि गर्नुपर्नेछ ।’
साथै उनले सत चरित्रको बाटोहरु स्थापित गर्न जरुरी रहेको बताए । उनले सत चरित्रहरुको बाटोबाटै उन्नती, प्रगति र दिगो विकास स्थापित गर्न सकिने बताए ।
उनले भने, ‘सतमार्गको बाटो, सतकर्मको बाटो, सत चरित्रको बाटो यो बाटोहरु हुन जरुरी छ । यो बाटोबाटै हामीले उन्नती, प्रगति र दिगो विकास स्थापित गर्न सक्छौं । यसैले मानवलाई र सिंगो मानव सभ्यतालाई सुखी राख्न सक्छौं ।’