CG Electronics
IME Life
NIMB

उच्च नौतिक चरित्र राजनीतिमा पुर्नस्थापित गर्नुपर्ने आवश्यक छ : मन्त्री पाण्डे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले राजनीतिक दल र राजनीतिक दलका मानिसहरुले उच्च नौतिक चरित्र राजनीतिमा पुर्नस्थापित गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

‘सामग्री र सांस्कृतिक–नैतिक उन्नतिः चीनको अभ्यास’ विषयक कार्यक्रममा बोल्दै उनले हामीले केवल आफ्नो मिठो मसिनो खाना, नरम र तातो नाना मात्र नभैइ मन भित्रको शान्ति,मन भित्रको आत्म सन्तोषलाई समेत अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘आज दुनियाँले मानव सभ्यताले भौतिक विकास गर्यो नै । तर भौतिक विकासबाट सन्तुष्ट छैन मानव । मानवले आत्मिक विकास, आत्म सन्तुष्टिको विषय जुन कुरा हाम्रो दर्शनले हामीलाई निर्देशन गरेको कुरा हो ।

आज वास्तवमा हामी राजनीतिक दल र राजनीतिक दलका मानिसहरुले उच्च नौतिक चरित्र राजनीतिमा पुर्नस्थापित गर्नुपर्ने आवश्यक छ ।

हामीले केवल आफ्नो मिठो मसिनो खाना, नरम र तातो नाना मात्र नभैइ मन भित्रको शान्ति,मन भित्रको आत्म सन्तोष यसलाई पनि अभिवृद्धि गर्नुपर्नेछ ।’

साथै उनले सत चरित्रको बाटोहरु स्थापित गर्न जरुरी रहेको बताए । उनले सत चरित्रहरुको बाटोबाटै उन्नती, प्रगति र दिगो विकास स्थापित गर्न सकिने बताए ।

उनले भने, ‘सतमार्गको बाटो, सतकर्मको बाटो, सत चरित्रको बाटो यो बाटोहरु हुन जरुरी छ । यो बाटोबाटै हामीले उन्नती, प्रगति र दिगो विकास स्थापित गर्न सक्छौं । यसैले मानवलाई र सिंगो मानव सभ्यतालाई सुखी राख्न सक्छौं ।’

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...