Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

चर्चित लोकगायक बद्री पंगेनी सजिलो नेटको ब्राण्ड एम्बासडरको रुपमा नियुक्त

Machhapuchchhre Bank Limited

 

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ। आज सम्पन्न सम्झौतासँगै, सजिलो नेटले देशभरका नेपाली परिवारसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशा तर्फ महत्वपूर्ण कदम चालेको छ।

नेपाली लोकसंगीत क्षेत्रमा ख्याति कमाएका बद्री पंगेनीले आफ्ना मार्मिक तथा सन्देशमूलक गीतहरू मार्फत लाखौँ दर्शक-श्रोताको मन जित्न सफल भएका छन्। नेपाली साङ्गीतिक तथा लोकजीवनमा गहिरो छाप छोड्न सफल उनी सजिलो नेटको प्रतिनिधित्व गर्न उपयुक्त व्यक्ति हुन्। सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।

सजिलो नेटका लागि इन्टरनेट केवल प्रविधिमै सीमित छैन, यो हाम्रो संस्कृति, परम्परा र जनजीवनलाई जोड्ने एउटा महत्वपूर्ण माध्यम पनि हो,” सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत, सतीश कार्कीले भने, “बद्री पंगेनीज्यूको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दूरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवा मार्फत जोड्ने प्रयास गरिरहेका छौँ।”

लोकप्रिय गायक बद्री पंगेनीले आफ्नो उत्साह व्यक्त गर्दै भने, “इन्टरनेट आजको जीवनशैलीको अभिन्न अङ्ग बनिसकेको छ। सजिलो नेटले सहज र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ, जसका कारण म यस ब्राण्डसँग जोडिन पाउँदा निकै खुसी छु।”

सजिलो नेटले आधुनिक इन्टरनेट सेवा विस्तार गर्दै ग्राहकहरूलाई उच्च गुणस्तरीय, सरल, सुलभ तथा सुपथ इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ। बद्री पंगेनी सँगको सहकार्यले ब्राण्डलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।

 

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ स्मार्ट, छिटो, र प्रभावकारी हुने

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:२२

  काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक...

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार योजना

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:१९

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूका लागि अब विशेष...

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०४

  काठमाडौँ । दक्षिण एसियाली क्षेत्रमा मोटोपना व्यवस्थापनका अनौठा पक्षहरूमा...

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत १३ बुधवार २३:३९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने महिलामन्त्रीको दाबी ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिपिनरी क्लिनिक’

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने...

वि.सं.२०८१ चैत १३ बुधवार २३:३४

  काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल...

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार २३:२७

काठमाडौँ । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८०...