CG Electronics
Ncell NPL
NIMB

चर्चित लोकगायक बद्री पंगेनी सजिलो नेटको ब्राण्ड एम्बासडरको रुपमा नियुक्त

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ। आज सम्पन्न सम्झौतासँगै, सजिलो नेटले देशभरका नेपाली परिवारसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशा तर्फ महत्वपूर्ण कदम चालेको छ।

नेपाली लोकसंगीत क्षेत्रमा ख्याति कमाएका बद्री पंगेनीले आफ्ना मार्मिक तथा सन्देशमूलक गीतहरू मार्फत लाखौँ दर्शक-श्रोताको मन जित्न सफल भएका छन्। नेपाली साङ्गीतिक तथा लोकजीवनमा गहिरो छाप छोड्न सफल उनी सजिलो नेटको प्रतिनिधित्व गर्न उपयुक्त व्यक्ति हुन्। सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।

सजिलो नेटका लागि इन्टरनेट केवल प्रविधिमै सीमित छैन, यो हाम्रो संस्कृति, परम्परा र जनजीवनलाई जोड्ने एउटा महत्वपूर्ण माध्यम पनि हो,” सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत, सतीश कार्कीले भने, “बद्री पंगेनीज्यूको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दूरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवा मार्फत जोड्ने प्रयास गरिरहेका छौँ।”

लोकप्रिय गायक बद्री पंगेनीले आफ्नो उत्साह व्यक्त गर्दै भने, “इन्टरनेट आजको जीवनशैलीको अभिन्न अङ्ग बनिसकेको छ। सजिलो नेटले सहज र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ, जसका कारण म यस ब्राण्डसँग जोडिन पाउँदा निकै खुसी छु।”

सजिलो नेटले आधुनिक इन्टरनेट सेवा विस्तार गर्दै ग्राहकहरूलाई उच्च गुणस्तरीय, सरल, सुलभ तथा सुपथ इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ। बद्री पंगेनी सँगको सहकार्यले ब्राण्डलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।

 

CG Electronics
लुम्बिनी विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण...

वि.सं.२०८२ माघ २ शुक्रवार २३:४४

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०८२ पुस ३० गते...

कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई RESEARCH GRANT प्रदान गर्ने

कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई RESEARCH...

वि.सं.२०८२ माघ २ शुक्रवार २३:३७

  काठमाडौँ। कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययरत...

सिजी ब्रान्डका साना घरायसी उपकरण (SDA) तर्फको ‘वर्ल्डकप योजना’ अन्तर्गत दोस्रो चरणको विजेता सार्वजनिक

सिजी ब्रान्डका साना घरायसी उपकरण (SDA) तर्फको...

वि.सं.२०८२ माघ २ शुक्रवार २३:२२

  काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड 'सिजी ब्रान्ड'...

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन प्रोटोन इमास ७ एसयूभी

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन प्रोटोन...

वि.सं.२०८२ माघ २ शुक्रवार १४:२३

  काठमाडौँ, पुस २१, २०८२ (जनवरी ५, २०२६), प्रोटोन नेपालले...

नेपाल आयल निगमले पेट्रोलमा ३ र डिजेल–मट्टितेलमा १ रुपैयाँ घटायो, नयाँ दर माघ २ देखि लागू

नेपाल आयल निगमले पेट्रोलमा ३ र डिजेल–मट्टितेलमा...

वि.सं.२०८२ माघ २ शुक्रवार ११:२४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटाएको...

सूर्य नेपाल इस्टर्न ओपन, डिफेन्डिङ च्याम्पियन निरज ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा

सूर्य नेपाल इस्टर्न ओपन, डिफेन्डिङ च्याम्पियन निरज...

वि.सं.२०८२ माघ १ बिहीवार २२:५२

  धरान, माघ १: सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत...