Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एनआईसी एशिया बैंकले ३७८ मोटरसाइकल लिलाममा राख्यो, नयाँ ३२५ खरिद गर्ने तयारी

Machhapuchchhre Bank Limited

 

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका ३७८ वटा दुईपाङ्ग्रे मोटरसाइकल लिलाम बिक्रीमा राखेको छ। बैंकले यी मोटरसाइकलहरू जस्ताको तस्तै अवस्थामा बिक्री गर्ने जनाएको छ।

बिक्रीमा राखिएका मोटरसाइकलहरूमा बजाज डिस्कोभरका १५८ वटा, बजाज पल्सरका ३२ वटा, हेरो प्लेजरको १ वटा, हेरो सुपर स्पेण्डरका ६१ वटा, होण्डा साइनका २ वटा, सुजुकीका १०६ वटा र यमाहाका १८ वटा मोटरसाइकल समावेश छन्। खरिद गर्न चाहनेले रकमको १० प्रतिशत अग्रीम भुक्तानी गर्नुपर्नेछ।

यसैगरी, बैंकले पुराना मोटरसाइकल बिक्री गरेर ३२५ वटा नयाँ दुईपाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) खरिद गर्ने योजना बनाएको छ। यी मोटरसाइकलहरू देशभरका बैंकका शाखा कार्यालयहरूको प्रयोजनका लागि खरिद गरिनेछ।

बैंकले मोटरसाइकल आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको छ। इच्छुक व्यक्ति तथा संस्थाले चैत ११ गतेसम्म बैंकको केन्द्रीय कार्यालय थापाथलीमा बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्न चाहने कम्पनीको वार्षिक कारोबार ५ करोड रुपैयाँ भएको हुनुपर्नेछ भने कम्तिमा ३ वर्षदेखि मोटरसाइकल बिक्रीको कारोबार गरिरहेको हुनुपर्छ। आवेदन शुल्क १० हजार रुपैयाँ तोकिएको छ।

बैंकले यो कदम मार्फत आफ्नो सवारी साधनको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

 

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ स्मार्ट, छिटो, र प्रभावकारी हुने

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:२२

  काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक...

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार योजना

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:१९

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूका लागि अब विशेष...

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०४

  काठमाडौँ । दक्षिण एसियाली क्षेत्रमा मोटोपना व्यवस्थापनका अनौठा पक्षहरूमा...

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत १३ बुधवार २३:३९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने महिलामन्त्रीको दाबी ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिपिनरी क्लिनिक’

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने...

वि.सं.२०८१ चैत १३ बुधवार २३:३४

  काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल...

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार २३:२७

काठमाडौँ । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८०...