CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकले ३७८ मोटरसाइकल लिलाममा राख्यो, नयाँ ३२५ खरिद गर्ने तयारी

NIMB
Himalayan Bank

 

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका ३७८ वटा दुईपाङ्ग्रे मोटरसाइकल लिलाम बिक्रीमा राखेको छ। बैंकले यी मोटरसाइकलहरू जस्ताको तस्तै अवस्थामा बिक्री गर्ने जनाएको छ।

बिक्रीमा राखिएका मोटरसाइकलहरूमा बजाज डिस्कोभरका १५८ वटा, बजाज पल्सरका ३२ वटा, हेरो प्लेजरको १ वटा, हेरो सुपर स्पेण्डरका ६१ वटा, होण्डा साइनका २ वटा, सुजुकीका १०६ वटा र यमाहाका १८ वटा मोटरसाइकल समावेश छन्। खरिद गर्न चाहनेले रकमको १० प्रतिशत अग्रीम भुक्तानी गर्नुपर्नेछ।

यसैगरी, बैंकले पुराना मोटरसाइकल बिक्री गरेर ३२५ वटा नयाँ दुईपाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) खरिद गर्ने योजना बनाएको छ। यी मोटरसाइकलहरू देशभरका बैंकका शाखा कार्यालयहरूको प्रयोजनका लागि खरिद गरिनेछ।

बैंकले मोटरसाइकल आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको छ। इच्छुक व्यक्ति तथा संस्थाले चैत ११ गतेसम्म बैंकको केन्द्रीय कार्यालय थापाथलीमा बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्न चाहने कम्पनीको वार्षिक कारोबार ५ करोड रुपैयाँ भएको हुनुपर्नेछ भने कम्तिमा ३ वर्षदेखि मोटरसाइकल बिक्रीको कारोबार गरिरहेको हुनुपर्छ। आवेदन शुल्क १० हजार रुपैयाँ तोकिएको छ।

बैंकले यो कदम मार्फत आफ्नो सवारी साधनको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

 

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...