Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख तथा व्यवस्थापक पदमा आवेदन खुला गरेको छ। कम्पनीले देशभरका शाखाहरूमा रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा शाखा प्रमुख/शाखा व्यवस्थापकका लागि अवसर खुलेको छ। बागमती प्रदेशअन्तर्गत सिन्धुली, रामेछाप, कीर्तिपुर, कोटेश्वर, चनौली र भण्डारा शाखाहरूमा आवेदन खुला गरिएको छ। गण्डकी प्रदेशमा डुलेगौंडा, हेम्जा र भीमाद, लुम्बिनी प्रदेशमा कोहलपुर, लमही र भलवारी, कर्णाली प्रदेशमा दैलेख र सुदूरपश्चिम प्रदेशमा अत्तररिया तथा अछामका लागि आवेदन खुला गरिएको छ।

शाखा प्रमुखका रूपमा नियुक्त व्यक्तिले शाखा कार्यालयको समग्र व्यवस्थापन गर्नुका साथै व्यवसाय विस्तारका लागि फिल्ड फोर्सको भर्ती, तालिम तथा परिचालन गर्नुपर्नेछ। कम्पनीको व्यवसाय योजना सफल पार्न बजार विश्लेषण गरी नयाँ रणनीति अवलम्बन गर्नुपर्ने, ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा बीमा व्यवसायको प्रवर्द्धन गर्ने जिम्मेवारी रहनेछ।

उम्मेदवारले कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सम्बन्धित क्षेत्रमा केही वर्षको अनुभव आवश्यक छ भने एमएस एक्सेल, वर्ड, पावरपोइन्ट जस्ता कम्प्युटर सफ्टवेयरको आधारभूत ज्ञान भएको व्यक्तिलाई प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेदवारले अपडेटेड बायोडाटा, हालसालै खिचिएको फोटो, हस्तलिखित आवेदन पत्र तथा अन्य आवश्यक कागजातहरू job@citizenlifenepal.com इमेलमा पठाउनुपर्नेछ। इमेलको विषयमा रोजेको स्थान/शहर तथा पद उल्लेख गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति चैत्र १०रहेको छ।

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२९

काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित...

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२३

  काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५ प्रो ५जी नेपालमा सार्वजनिक

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५...

वि.सं.२०८२ मंसिर २ मंगलवार २३:२८

काठमाडौं, नेपाल — विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडेल...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...