Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच रणनीतिक साझेदारी

Machhapuchchhre Bank Limited

काठमाडौं । भिसा विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन स्क्यान टु पे सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा छ ।

भिसा र फोनपेको यो स्क्यान टु पे सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी क्यूआर व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउनेछ । अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन भने, उनीहरूले नेपालमा फोनपे क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्। ।

भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं । यो भिसाको फोनपेसँगको साझेदारीमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो, र हामी देशमा भुक्तानी गर्ने र भुक्तानी पाउने थप नवीन, सरल र सुरक्षित तरिकाहरू ल्याउन उत्सुक छौं ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “यो साझेदारी फोनपेको क्यूआर योजनालाई नेपालमा रुचाइएको सीमापार भुक्तानी योजनाको रूपमा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम हो, जसले विश्वभरका भिसा कार्डधारकहरूलाई क्यूआर भुक्तानी स्वीकृति जस्ता वैकल्पिक भुक्तानी मार्गहरूमा निर्बाध र सुरक्षित डिजिटल कारोबार अनुभव प्रदान गर्दछ । भिसाको विश्वव्यापी नेटवर्क र फोनपेको मजबूत क्यूआर पूर्वाधारले सीमापार लेनदेनलाई अझ पहुँचयोग्य र सुविधाजनक बनाउँदै नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढाउनेछ । यसले साना – ठूला सबै व्यवसायीहरूलाई फाइदा पुग्नेछ र नेपालमा वित्तीय समावेशीकरणलाई अझ बलियो बनाउनेछ ।

नेपाल र एसियामा सबैभन्दा लोकप्रिय भुक्तानी विधिहरू मध्ये एक क्यूआर कोडले नेपालका लाखौं व्यापारीक आउटलेटहरूमा नगदरहित भुक्तानीलाई सरल बनाउँदै कारोबारको समय घटाउनुका साथै सुरक्षित डिजिटल भुक्तानीलाई सशक्त गर्नेछ। साना व्यवसायहरूले पिओएस मेशिन नभएकै अवस्थामा कार्ड भुक्तानी स्वीकार गर्न सक्नेछन भने ठूला खुद्रा पसलहरूले ग्राहकहरूलाई छिटो र सजिलो भुक्तानी सेवा प्रदान गर्नुका साथै धोखाधडीबाट जोगिने सुविधा पनि थपिनेछ ।

भिसाले नेपालमा डिजिटल भुक्तानीको प्रयोग र स्वीकार्यता बढाउन बैंक र साझेदारहरूसँग निरन्तर काम गर्दै आएको छ । फोनपेमार्फत भिसा कार्ड प्रयोग गर्ने सुविधा नेपाललाई डिजिटल बनाउने भिसाको प्रतिबद्धताको अर्को ऐतिहासिक कदम हो । यसले नेपालमा डिजिटल भुक्तानीको भविष्यलाई नयाँ आयाम दिने अपेक्षा छ ।

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ स्मार्ट, छिटो, र प्रभावकारी हुने

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:२२

  काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक...

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार योजना

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:१९

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूका लागि अब विशेष...

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०४

  काठमाडौँ । दक्षिण एसियाली क्षेत्रमा मोटोपना व्यवस्थापनका अनौठा पक्षहरूमा...

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत १३ बुधवार २३:३९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने महिलामन्त्रीको दाबी ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिपिनरी क्लिनिक’

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने...

वि.सं.२०८१ चैत १३ बुधवार २३:३४

  काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल...

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार २३:२७

काठमाडौँ । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८०...