CG Electronics
IME Life
NIMB

नथिङ फोन थ्रि ए नेपाली बजारमा लन्च

NIMB
Himalayan Bank

 

काठमाडौं, मार्च ११ – मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए अब नेपाली बजारमा पनि उपलब्ध भएको छ। चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले यसलाई नेपाली बजारमा लन्च गरेको हो। विश्व बजारमा अत्यधिक लोकप्रिय भएको यो स्मार्टफोन नेपाली उपभोक्तामाझ पनि राम्रो प्रतिक्रिया पाइरहेको छ।

प्रिबुकिङमा अपार उत्साह
मार्च ५ देखि सुरु भएको नथिङ फोन थ्रि ए को प्रिबुकिङ दोश्रो दिनमै बन्द गर्नु परेको थियो। सीमित स्टकमा उपलब्ध गराइएको प्रिबुकिङ अफरप्रति उपभोक्ताको अत्यधिक आकर्षण देखिएकाले तोकिएको समय अगावै अफर बन्द गरिएको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताएका छन्।

प्रिमियम डिजाईन र उत्कृष्ट लुक्स
नथिङ फोन थ्रि ए को डिजाईन अझ आकर्षक र प्रिमियम बनाइएको छ। पछिल्लो भागमा थपिएको क्यामेराले फोनलाई विशिष्ट बनाएको छ भने ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानलको सट्टा ग्लास ब्याक प्यानल प्रयोग गरिएको छ, जसले फोनलाई अझै क्लासी बनाएको छ।

शक्तिशाली फिचर र प्रदर्शन
नथिङ फोन थ्रि ए मा ५००० मिलिएम्पीयरको ब्याट्री र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट छ। यसमा १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले रहेको छ, जसले उच्चस्तरीय प्रदर्शन प्रदान गर्छ। क्यामेराको कुरा गर्दा, ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा दिइएको छ। अप्टिकल इमेज स्टेबलाइजेसन (OIS) को कारण भिडियोहरु प्रोफेसनल क्वालिटीका देखिन्छन्।

प्रोसेसर र अपरेटिङ सिस्टम
यो स्मार्टफोन एण्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित छ र नथिङले तीन पुस्तासम्मको ओएस अपग्रेडको प्रतिबद्धता जनाएको छ। यसमा ४ न्यानोमिटर प्रविधिमा निर्मित स्न्यापड्रागन जेन ७ एस प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शन दिन्छ। फोन दुई भेरियन्टमा उपलब्ध छ – ८ जिबी र्याम + १२८ जिबी स्टोरेज र १२ जिबी र्याम + २५६ जिबी स्टोरेज।

किफायती मूल्यमा प्रिमियम स्मार्टफोन
फ्ल्यागशिप स्तरको परफरमेन्स भए पनि नथिङ फोन थ्रि ए मिडरेन्ज सेग्मेन्टमा पर्छ। नेपाली बजारमा ब्लु, ब्ल्याक र ह्वाइट गरी तीन कलर भेरियन्टमा उपलब्ध छ। यसको शुरुवाती मूल्य ४८,९९० रूपैयाँ तोकिएको छ। किफायती मूल्यमा उत्कृष्ट विशेषताका कारण नेपाली टेक पारखीहरुको आकर्षण बढिरहेको छ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...