Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नथिङ फोन थ्रि ए नेपाली बजारमा लन्च

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं, मार्च ११ – मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए अब नेपाली बजारमा पनि उपलब्ध भएको छ। चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले यसलाई नेपाली बजारमा लन्च गरेको हो। विश्व बजारमा अत्यधिक लोकप्रिय भएको यो स्मार्टफोन नेपाली उपभोक्तामाझ पनि राम्रो प्रतिक्रिया पाइरहेको छ।

प्रिबुकिङमा अपार उत्साह
मार्च ५ देखि सुरु भएको नथिङ फोन थ्रि ए को प्रिबुकिङ दोश्रो दिनमै बन्द गर्नु परेको थियो। सीमित स्टकमा उपलब्ध गराइएको प्रिबुकिङ अफरप्रति उपभोक्ताको अत्यधिक आकर्षण देखिएकाले तोकिएको समय अगावै अफर बन्द गरिएको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताएका छन्।

प्रिमियम डिजाईन र उत्कृष्ट लुक्स
नथिङ फोन थ्रि ए को डिजाईन अझ आकर्षक र प्रिमियम बनाइएको छ। पछिल्लो भागमा थपिएको क्यामेराले फोनलाई विशिष्ट बनाएको छ भने ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानलको सट्टा ग्लास ब्याक प्यानल प्रयोग गरिएको छ, जसले फोनलाई अझै क्लासी बनाएको छ।

शक्तिशाली फिचर र प्रदर्शन
नथिङ फोन थ्रि ए मा ५००० मिलिएम्पीयरको ब्याट्री र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट छ। यसमा १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले रहेको छ, जसले उच्चस्तरीय प्रदर्शन प्रदान गर्छ। क्यामेराको कुरा गर्दा, ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा दिइएको छ। अप्टिकल इमेज स्टेबलाइजेसन (OIS) को कारण भिडियोहरु प्रोफेसनल क्वालिटीका देखिन्छन्।

प्रोसेसर र अपरेटिङ सिस्टम
यो स्मार्टफोन एण्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित छ र नथिङले तीन पुस्तासम्मको ओएस अपग्रेडको प्रतिबद्धता जनाएको छ। यसमा ४ न्यानोमिटर प्रविधिमा निर्मित स्न्यापड्रागन जेन ७ एस प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शन दिन्छ। फोन दुई भेरियन्टमा उपलब्ध छ – ८ जिबी र्याम + १२८ जिबी स्टोरेज र १२ जिबी र्याम + २५६ जिबी स्टोरेज।

किफायती मूल्यमा प्रिमियम स्मार्टफोन
फ्ल्यागशिप स्तरको परफरमेन्स भए पनि नथिङ फोन थ्रि ए मिडरेन्ज सेग्मेन्टमा पर्छ। नेपाली बजारमा ब्लु, ब्ल्याक र ह्वाइट गरी तीन कलर भेरियन्टमा उपलब्ध छ। यसको शुरुवाती मूल्य ४८,९९० रूपैयाँ तोकिएको छ। किफायती मूल्यमा उत्कृष्ट विशेषताका कारण नेपाली टेक पारखीहरुको आकर्षण बढिरहेको छ।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...