Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

महिलाहरु आर्थिक रूपमा सशक्त भएमात्रै देशको अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन आउँछ : उपसभामुख

Machhapuchchhre Bank Limited

काठमाडौं । महिलाको आर्थिक सशक्तीकरण गर्न सकेमात्रै सिंगो समाज र देश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारणसभा तथा स्थापना दिवसको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु¥याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उपसभामुख ईन्दिरा रानामगरले महिलाहरू आर्थिक रूपमा सशक्त भएमात्रै समाज र देशकै अर्थतन्त्रमा परिवर्तन हुने बताउनुभयो । आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने भन्दै उहाँले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु-याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो ।

महिला उद्यमी र व्यवसायीहरुलाई निर्धक्कसँग स्वच्छ व्यवसाय गर्न आग्रह गर्दै उहाँले भन्नुभयो – “तपाईहरुले तिरेको करबाट राज्य संयन्त्र चलेको छ । त्यो कर कहाँ र कसरी सदुपयोग भएको छ ।

त्यसबारेमा पनि चासो लिने गर्नुस ।” आम महिलाको बारेमा नीतिगत रुपमा राज्यले र व्यवहारीक रुपमा समाजले समान धारणा बनाउन सके अहिलेको विभेदको अवस्था अन्त्य हुने उहाँको भनाई थियो । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष विष्णुमाया उचहीले महिलालाई सफल उद्यमी बनाउन महिलामैत्री नीतिको खाँचो रहेको बताउनुभयो । महिलालाई उद्यमशील बनाउन तालीमका साथै आर्थिक र प्रविधिक क्षेत्रको सहज पहुँच हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालले संविधान र अन्य कानूनमार्फत महिलाको हक अधिकार सुनिश्चितताका लागि राज्यका हरेक निकायमा समानुपातिक समावेशिताको व्यवस्था लागू गरेको बताउँदै उहाँले मुलुकको समृद्धिका लागि महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्तीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

महिलाहरू आर्थिक रूपमा सशक्त भएकै कारण महिलामाथि हुने हिंसा कम भएको भन्दै उहाँले पछिल्ला दिनमा महिलाहरू आर्थिक रूपमा सशक्त हुँदै गएको बताउनुभयो । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलोबाबु श्रेष्ठले हिजोका दिनमा संघबाट शुरु भएको महासंघ सातै प्रदेशमा पुगेको र महासंघ अन्तरगत महिला उद्यमी समिति पनि सक्रियताका साथ अगाडि बढेको बताउनुभयो ।

महासंघको नेतृत्व सफल हुनु भनेको आम व्यवसायी तथा संगठनका सबै पदाधिकारीहरु सफल हुनु भएको भन्दै यसलाई मनन गरेर सामुहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा कहि कतै कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता उहाँले जाहेर गर्नुभयो ।

कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष मधुबहादुर कार्की, निवर्तमान अध्यक्ष मोहन कटुवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका महासचिव विवेकदास श्रेष्ठ, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका सदस्य प्रभा घिमिरेलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा महासंघ केन्द्रीय महिला उद्यमी समितिका सदस्यहरु अनिता प्रधान अमात्य, अम्बिका बस्नेत, विमला कुवँर शेख, मिश्रीमाया श्रेष्ठ, रजनी श्रेष्ठ, शोभा श्रेष्ठ, सुनकेशरी श्रेष्ठ र तारा बुढाथोकीलाई सम्मान गरिएको थियो ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...