CG Electronics
IME Life
NIMB

महिलाहरु आर्थिक रूपमा सशक्त भएमात्रै देशको अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन आउँछ : उपसभामुख

NIMB
Himalayan Bank

काठमाडौं । महिलाको आर्थिक सशक्तीकरण गर्न सकेमात्रै सिंगो समाज र देश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारणसभा तथा स्थापना दिवसको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु¥याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उपसभामुख ईन्दिरा रानामगरले महिलाहरू आर्थिक रूपमा सशक्त भएमात्रै समाज र देशकै अर्थतन्त्रमा परिवर्तन हुने बताउनुभयो । आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने भन्दै उहाँले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु-याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो ।

महिला उद्यमी र व्यवसायीहरुलाई निर्धक्कसँग स्वच्छ व्यवसाय गर्न आग्रह गर्दै उहाँले भन्नुभयो – “तपाईहरुले तिरेको करबाट राज्य संयन्त्र चलेको छ । त्यो कर कहाँ र कसरी सदुपयोग भएको छ ।

त्यसबारेमा पनि चासो लिने गर्नुस ।” आम महिलाको बारेमा नीतिगत रुपमा राज्यले र व्यवहारीक रुपमा समाजले समान धारणा बनाउन सके अहिलेको विभेदको अवस्था अन्त्य हुने उहाँको भनाई थियो । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष विष्णुमाया उचहीले महिलालाई सफल उद्यमी बनाउन महिलामैत्री नीतिको खाँचो रहेको बताउनुभयो । महिलालाई उद्यमशील बनाउन तालीमका साथै आर्थिक र प्रविधिक क्षेत्रको सहज पहुँच हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालले संविधान र अन्य कानूनमार्फत महिलाको हक अधिकार सुनिश्चितताका लागि राज्यका हरेक निकायमा समानुपातिक समावेशिताको व्यवस्था लागू गरेको बताउँदै उहाँले मुलुकको समृद्धिका लागि महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्तीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

महिलाहरू आर्थिक रूपमा सशक्त भएकै कारण महिलामाथि हुने हिंसा कम भएको भन्दै उहाँले पछिल्ला दिनमा महिलाहरू आर्थिक रूपमा सशक्त हुँदै गएको बताउनुभयो । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलोबाबु श्रेष्ठले हिजोका दिनमा संघबाट शुरु भएको महासंघ सातै प्रदेशमा पुगेको र महासंघ अन्तरगत महिला उद्यमी समिति पनि सक्रियताका साथ अगाडि बढेको बताउनुभयो ।

महासंघको नेतृत्व सफल हुनु भनेको आम व्यवसायी तथा संगठनका सबै पदाधिकारीहरु सफल हुनु भएको भन्दै यसलाई मनन गरेर सामुहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा कहि कतै कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता उहाँले जाहेर गर्नुभयो ।

कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष मधुबहादुर कार्की, निवर्तमान अध्यक्ष मोहन कटुवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका महासचिव विवेकदास श्रेष्ठ, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका सदस्य प्रभा घिमिरेलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा महासंघ केन्द्रीय महिला उद्यमी समितिका सदस्यहरु अनिता प्रधान अमात्य, अम्बिका बस्नेत, विमला कुवँर शेख, मिश्रीमाया श्रेष्ठ, रजनी श्रेष्ठ, शोभा श्रेष्ठ, सुनकेशरी श्रेष्ठ र तारा बुढाथोकीलाई सम्मान गरिएको थियो ।

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...