Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोस्रो दिनमा नाडा र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर

Machhapuchchhre Bank Limited

 

काठमाडौं, २०८१ फागुन २७। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोस्रो दिन आज नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र सामाजिक सुरक्षा कोषबीच एउटा ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरे। यस समझदारी अनुसार नाडाले आफ्ना आवद्ध संघ, संस्था र प्रतिष्ठानहरुलाई श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनेछ। साथै, सामाजिक सुरक्षा कोषले आफ्ना योजनाहरु र सुविधाहरुको प्रचारप्रसार गर्न नाडासंगको सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गर्नेछ।

यसैगरी, नाडाले प्रदेशस्तरमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रमहरुमा सामाजिक सुरक्षा कोषबाट प्रशिक्षक उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। नाडाले यस समझदारी पत्रबाट दुई संस्थाबीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

सम्मेलनको दोस्रो दिनमा समेत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन गर्ने नाराका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। सम्मेलनमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती र सचिव विक्रम सिंहानिया लगायत विभिन्न संघसंस्था तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ।

यो सम्मेलन र समझदारी पत्रले देशभरका श्रमिकहरुको सामाजिक सुरक्षा र रोजगारीका अवसरहरु बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता...

वि.सं.२०८१ चैत १ शनिवार २२:५०

  काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति...

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड...

वि.सं.२०८१ चैत १ शनिवार २२:४६

  काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड...

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त...

वि.सं.२०८१ चैत १ शनिवार २२:४१

  काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको...

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान...

वि.सं.२०८१ चैत १ शनिवार २२:१९

  काठमाडौँ । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको...

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र...

वि.सं.२०८१ चैत १ शनिवार २१:५३

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले...

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ...

वि.सं.२०८१ चैत १ शनिवार २१:१४

  हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको...