CG Electronics
IME Life
NIMB

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोस्रो दिनमा नाडा र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर

NIMB
Himalayan Bank

 

काठमाडौं, २०८१ फागुन २७। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोस्रो दिन आज नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र सामाजिक सुरक्षा कोषबीच एउटा ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरे। यस समझदारी अनुसार नाडाले आफ्ना आवद्ध संघ, संस्था र प्रतिष्ठानहरुलाई श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनेछ। साथै, सामाजिक सुरक्षा कोषले आफ्ना योजनाहरु र सुविधाहरुको प्रचारप्रसार गर्न नाडासंगको सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गर्नेछ।

यसैगरी, नाडाले प्रदेशस्तरमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रमहरुमा सामाजिक सुरक्षा कोषबाट प्रशिक्षक उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। नाडाले यस समझदारी पत्रबाट दुई संस्थाबीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

सम्मेलनको दोस्रो दिनमा समेत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन गर्ने नाराका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। सम्मेलनमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती र सचिव विक्रम सिंहानिया लगायत विभिन्न संघसंस्था तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ।

यो सम्मेलन र समझदारी पत्रले देशभरका श्रमिकहरुको सामाजिक सुरक्षा र रोजगारीका अवसरहरु बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...