CG Electronics
IME Life
Ncell NPL

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकले चैत्र १ गतेलाई कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ ।

बैंकले १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने वार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो । बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरि जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् ।

बैंकमा हाल १८ सय कर्मचारीहरु कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट सत प्रतिशत योगदान दिन आग्रह गरे । सोही समारोहमा बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआर एन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिग सेवाहरु प्रदान गर्दै आएको छ

 

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४२

  काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद...

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली बजारमा सार्वजनिक

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१५

काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको...