Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सिटिजन्स बैंकद्वारा आफ्ना कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान

Machhapuchchhre Bank Limited

काठमाडौं । सिटिजन्स बैंकले अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकले चैत्र १ गतेलाई कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ ।

बैंकले १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने वार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो । बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरि जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् ।

बैंकमा हाल १८ सय कर्मचारीहरु कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट सत प्रतिशत योगदान दिन आग्रह गरे । सोही समारोहमा बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआर एन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिग सेवाहरु प्रदान गर्दै आएको छ

 

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...