Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

Machhapuchchhre Bank Limited

 

काठमाडौं । महिला उद्यमी महासंघ नेपालले ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत्र १४ देखि १८ सम्म ललितपुरको हेरिटेज गार्डेनमा व्यापार मेला आयोजना गर्न लागेको महासंघका अध्यक्ष शोभा ज्ञवालीले जानकारी गराइएका हुन् ।

उनले व्यापार मेलामा ५,५०० भन्दा बढि महिला उद्यमीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरेको पनि बताइन् । यस्तै, उनले महासंघले “स्वदेशी खाऔं, स्वदेशी लगाऔं र महिला उद्यमशिलतालाई प्रवद्र्धन गरौं” भन्ने नारा सहित यसले अर्थतन्त्रका सुधार ल्याउने पनि विश्वास लिएको पनि बताईन् ।

उनले भनिन्, ‘नियमित रुपमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्नुको प्रमुख उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरुका उत्पादनहरुको प्रवद्र्धन र बजारीकरण गर्न सहयोग पुग्ने र महिला उद्यमशिलताको विकासबाट आन्तरिक उत्पादन बृद्धि गरी निर्यात प्रवद्र्धनमा सहयोग मार्फत नेपालको अर्थतन्त्र सुधारमा सहयोग पुर्याउनु हो ।’

५ दिनसम्म सञ्चालन हुने मेला अवधिमा महिला उद्यमी महासंघ नेपालको ७२ वटा जिल्ला संघहरुबाट महिला उद्यमीहरुको सहभागिता रहनेछ । मेला स्थलमा जम्मा १४४ वटा विक्रि स्टलहरु राखिनेछन् । जसमा २ वटा प्याभिलियनहरु, ५८ वटा महिला उद्यमी जिल्लासंघबाट सहभागि हुने महिला उद्यमीहरु र बाँकी ८२ वटा स्टलहरु स्वदेशी तथा विदेशी महिला उद्यमीहरुलाई उपलब्ध गराईनेछ ।

मेला अवधिमा नेपाल भरि छरिएर रहेका महिला उद्यमीहरुले उत्पादन गरेका कृषि जन्य वस्तुहरु, हस्तकलाका सामाग्रिहरु, खाद्य सामाग्रिहरु, अन्तर्राष्ट्रिय वस्तुहरु, सेवामूलक वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विक्रि वितरण हुने भएको छ ।

मेला अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रका महिला उद्यमीहरु र उनीहरुका उत्पादन सहितको सहभागिता हुने भएकोले नेपालका महिला उद्यमीहरुले उपयोग गरेका प्रविधिहरु, बजारीकरणको लागि अवलम्वन गरेका उपायहरु जस्तै वस्तुको लेवलिङ्ग, प्याकेजिङ्ग, ब्राण्डिङ्ग लगायतका विषयमा जानकारी लिन पाउने छन् ।

साथै नेपालमा उत्पादित नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार गर्नको लागि समेत यो मेला सहयोगी हुने अपेक्षा महासंघको रहेको छ ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...