CG Electronics
IME Life
NIMB

८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

NIMB
Himalayan Bank

 

काठमाडौं । महिला उद्यमी महासंघ नेपालले ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत्र १४ देखि १८ सम्म ललितपुरको हेरिटेज गार्डेनमा व्यापार मेला आयोजना गर्न लागेको महासंघका अध्यक्ष शोभा ज्ञवालीले जानकारी गराइएका हुन् ।

उनले व्यापार मेलामा ५,५०० भन्दा बढि महिला उद्यमीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरेको पनि बताइन् । यस्तै, उनले महासंघले “स्वदेशी खाऔं, स्वदेशी लगाऔं र महिला उद्यमशिलतालाई प्रवद्र्धन गरौं” भन्ने नारा सहित यसले अर्थतन्त्रका सुधार ल्याउने पनि विश्वास लिएको पनि बताईन् ।

उनले भनिन्, ‘नियमित रुपमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्नुको प्रमुख उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरुका उत्पादनहरुको प्रवद्र्धन र बजारीकरण गर्न सहयोग पुग्ने र महिला उद्यमशिलताको विकासबाट आन्तरिक उत्पादन बृद्धि गरी निर्यात प्रवद्र्धनमा सहयोग मार्फत नेपालको अर्थतन्त्र सुधारमा सहयोग पुर्याउनु हो ।’

५ दिनसम्म सञ्चालन हुने मेला अवधिमा महिला उद्यमी महासंघ नेपालको ७२ वटा जिल्ला संघहरुबाट महिला उद्यमीहरुको सहभागिता रहनेछ । मेला स्थलमा जम्मा १४४ वटा विक्रि स्टलहरु राखिनेछन् । जसमा २ वटा प्याभिलियनहरु, ५८ वटा महिला उद्यमी जिल्लासंघबाट सहभागि हुने महिला उद्यमीहरु र बाँकी ८२ वटा स्टलहरु स्वदेशी तथा विदेशी महिला उद्यमीहरुलाई उपलब्ध गराईनेछ ।

मेला अवधिमा नेपाल भरि छरिएर रहेका महिला उद्यमीहरुले उत्पादन गरेका कृषि जन्य वस्तुहरु, हस्तकलाका सामाग्रिहरु, खाद्य सामाग्रिहरु, अन्तर्राष्ट्रिय वस्तुहरु, सेवामूलक वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विक्रि वितरण हुने भएको छ ।

मेला अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रका महिला उद्यमीहरु र उनीहरुका उत्पादन सहितको सहभागिता हुने भएकोले नेपालका महिला उद्यमीहरुले उपयोग गरेका प्रविधिहरु, बजारीकरणको लागि अवलम्वन गरेका उपायहरु जस्तै वस्तुको लेवलिङ्ग, प्याकेजिङ्ग, ब्राण्डिङ्ग लगायतका विषयमा जानकारी लिन पाउने छन् ।

साथै नेपालमा उत्पादित नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार गर्नको लागि समेत यो मेला सहयोगी हुने अपेक्षा महासंघको रहेको छ ।

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...