CG Electronics
IME Life
NIMB

उद्योग मन्त्री भण्डारीसँग मोल्डोभाका परराष्ट्र मन्त्री पपसोईको शिष्टाचार भेटवार्ता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीसँग गणतन्त्र मोल्डोभाका उपप्रधान तथा परराष्ट्र मन्त्री मिहेल पपसोईले शिष्टाचार भेटघाट गरेका छन् ।
भेटका क्रममा मन्त्री भण्डारीले सन् १९९३ मा कूटनीतिक सम्बन्ध स्थापित भए देखिनै नेपाल र मोल्डोभाबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे ।

कूटनीतिक सम्बन्ध स्थापनाको ३२ वर्षमा गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्रीको भ्रमण पहिलो आधिकारिक भ्रमण रहेको हुँदा उक्त भेटघाट कूटनीतिक सम्बन्धको दृष्टिकोणबाट महत्त्वपूर्ण उपलब्धी मात्र नभई आपसी सहकार्य र आर्थिक बृद्धिको नयाँ सम्भावनाहरू अन्वेषण गर्ने अवसर पनि रहेकोमा खुशी व्यक्त गरे । आजको भेटघाट द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउनको लागि गरिएको साझा प्रतिबद्धताको प्रतिबिम्ब रहेको उनले बताए ।

मन्त्री भण्डारीले आगामी दिनहरुमा यस्ता उच्चस्तरीय भेटघाट मार्फत सम्बन्ध विस्तार गर्नुपर्ने र आपसी भेटघाट र साझेदारी मार्फत दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे । दुई देशबीचको निरन्तर संवाद र सहकार्यका माध्यमबाट नयाँ सम्भावनाहरू पहिचान गर्न सकिने र दुवै देशका नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने विषय उल्लेख गरे ।

मन्त्री भण्डारीले हाल नेपाल–मोल्डोभा व्यापार कारोबार सीमित रहेको हुँदा यसलाई विस्तार गर्नु पर्नेमा जोड दिँदै व्यापार तथा लगानीलाई प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप व्यवसाय अनुकूल वातावरण निर्माण, व्यापार सञ्चालनको सहजता वृद्धि र महामारीपछिको आर्थिक पुनरुत्थानलाई सुनिश्चत गर्ने प्रतिबद्धताका साथ नेपाल अघि बढिरहेका विषय उल्लेख गरे ।
साथै, दुई देशबीच सहकार्य गर्न सकिने क्षेत्रहरुमा कृषि, उद्योग, पर्यटन, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षाका क्षेत्रमा विद्यार्थी आदान प्रदान कार्यक्रम रहेको बताए ।

त्यसैगरी, नेपालले कृषि उत्पादन, हस्तकला सामाग्री तथा तयारी पोषाक जस्ता उच्च गुणस्तरीय उत्पादनहरू निर्यात गर्ने अवसर खोजिरहेको सन्दर्भमा मोल्डोभासँग सहकार्य गर्ने सम्भावनाबारे चर्चा गर्दै यी क्षेत्रमा मोल्डोभाको लगानीलाई स्वागत गर्न ईच्छुक रहेको समेत बताए ।

छलफलको क्रममा गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री पपोसोइले नेपाल र मोल्डोभाबीच धेरै आयाममा समानता रहेको र जलवायु परिवर्तन, कृषि औद्योगिकीकरण र यान्त्रीकरण, शैक्षिक र सांस्कृतिक आदान–प्रदान जस्ता क्षेत्रमा साझेदारीको सम्भावना रहेको बताएका छन् ।

साथै, नेपाली नागरिकहरुलाई मोल्डोभामा रोजगारीको सम्भावना रहेको चर्चा गर्दै यसमा थप साझेदारीको पहल गर्न सकिने विचार व्यक्त गरे । मन्त्री भण्डारीले दुई देशबीच निर्यात सम्भावना भएका क्षेत्रको प्रवद्र्धन र साझेदारीको विषयमा गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री पपसोइको सकारात्मक प्रतिक्रियालाई प्रशंसा गर्दै आगामी दिनमा दुई देशका सम्बन्धित मन्त्रालयहरुको सहकार्य र सम्बन्ध विस्तारलाई थप प्रगाढ बनाउनु पर्ने विषयमा जोड दिएका छन् ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...