Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सामसङ नेपालको नयाँ ग्यालेक्सी ए५६ फाईभजी स्मार्टफोनको प्रि–अर्डर घोषणा 

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

 

काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ फाईभजी स्मार्टफोनको प्रि–अर्डर घोषणा गरेको छ ।

 

२१ मार्चदेखि २४ मार्च २०२५ सम्म उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ फाईभजी प्रि–अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् ।

ग्यालेक्सी ए५६ फाईभजीले पहिलो पटक ‘अद्भुत बुद्धिमत्ता’ सहितको एआई अनुभव ल्याएको छ । वान युआई ७ द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पु¥याएको छ । साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ ।

कम्पनीले यो फोनको प्रि–अर्डर गर्दा बिशेष अफरहरू उपलब्ध गराएको छ । यो फोन मात्र दुई हजार रुपैयाँ तिरेर प्रि–अर्डर गर्न सकिनेछ ।

 

अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी फिट ३ मात्र ३ हजार ९९९ रुपैयाँ पाउनेछन् । यो फोन १२/२५६ जिबी र ८/२५६ जिबी स्टोरेज गरि दुई भेरियन्टमा उपलब्ध रहेको छ ।

 

यो फोनको मुल्य ७० हजार ९९९ रुपैयाँ र ६५ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । साथै, ‘सबकोफोन’ र ‘अकोस्टोर’ एप मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी ए५६ फाईभजीमा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ ।

 

यो फोन सामसङ ईन्स्टाफाईनान्स सेवा अन्तर्गत शुन्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई योजनामा पनि उपलब्ध छ । कम्पनीका अनुसार यो फोन मार्च २४ बाट बजारमा उपलब्ध हुनेछ ।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...