Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

ट्युनिसियाको ६९औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

Machhapuchchhre Bank Limited

 

काठमाडौं । ट्युनिसियाको ६९औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । नेपालको राजधानी काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय प्राङ्गणमा एक विशेष कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाइएको हो ।

नेपालका लागि ट्युनिसियाकी अवैतनिक वाणिज्यदूत भवानी राणाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल ट्युनिसिया चेम्बर अफ कमर्सका अध्यक्ष ईश्वर जीसीलगायत नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको सहभागिता थियो ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, सिटिजन्स बैंक इन्टरनेशनलका अध्यक्ष प्रवलजंग पाण्डेलगायत नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीहरू, पत्रकार र वाणिज्यदूतको कार्यालयका कर्मचारीहरूको उपस्थिति पनि कार्यक्रममा थियो ।

कार्यक्रममा वाणिज्यदूत राणाले ट्युनिसियाको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

द्विपक्षीय पर्यटन प्रवद्र्धन र आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारमा आफूले पहल गर्दै आएको जानकारी दिँदै उनले ट्युनिसिया युरोपेली मुलुकसँग जोडिएको भएर नेपाललाई युरोपतर्फ समेत व्यापार विस्तार गर्न सहज हुने धारणा व्यक्त गरिन् ।

यसैगरी, नेपाल–ट्युनिसिया चेम्बर अफ कमर्सका अध्यक्ष ईश्वर जीसीलगायत वक्ताहरूले वाणिज्यदूत राणाको पहलकदमीबाट दुई देशबीच व्यापारिक कारोबार वृद्धि गर्न सहज भएको धारणा व्यक्त गरे ।

वक्ताहरूका अनुसार नेपालबाट गलैँचा र हस्तकलाका सामान ट्युनिसिया निकासी हुने गरेको छ भने ओलिभ आयल र हेलिकोप्टरका मेसिनरी पाटर््सहरू ट्युनिसियाबाट आयात हुने गरेको छ ।

कार्यक्रममा ट्युनिसियाको उद्योग वाणिज्य तथा पर्यटन क्षेत्र, आयात–निर्यातको अवस्था तथा नेपालसँगको सम्बन्धलगायत विषयमा तयार पारिएको श्रव्यदृश्य सामाग्री पनि प्रस्तुत गरिएको हो । वाणिज्यदूत राणा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वध्यक्ष हुन् । ट्युनिसियाले उनलाई २०७९ सालमा वाणिज्यदूत नियुक्त गरेको थियो ।

सन् १९५६ को मार्च २० मा फ्रान्सेली औपनिवेशिक शासनबाट मुक्त भएको सम्झनामा ट्युनिसियाले हरेक वर्षको मार्च २० लाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ । औपनिवेशिक शासनबाट मुक्त गराउन ट्युनिसियाली जनताले वर्षौँको सङ्घर्ष र बलिदानी समेत गर्नुपरेको थियो । स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्रता सङ्घर्षमा योगदान दिने राष्ट्रसेवकहरूलाई सम्मान गरिएको छ ।

सो अवसरमा ट्युनिसियामा देशभर राष्ट्रिय झण्डा फहराइनुका साथै आतिशबाजी देखाइएको थियो भने परेड आयोजना गरिएको थियो ।

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:५५

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले...

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने मन्त्री पौडेलको घोषणा

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा...

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक...

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...