Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सरकार बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध छ : मन्त्री सिंह

Machhapuchchhre Bank Limited

 

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित शहरी शासन र विकास सम्बन्धी क्षेत्रीय गोल तालिका विषयक छलफल कार्यक्रममा उनले सरकार शहरीकरणको चुनौती सामना गर्न तयार रहेको भन्दै मन्त्रालयको ऐजेण्डा भनेकै आधारभूत सेवामा सबैको पहुँच पु¥याउनु भएको बताएका हुन् ।

उनले भने, ‘नेपालले पनि अन्य देशहरु जस्तै तीव्र शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको छ । यद्यपी सरकार यो सबै चुनौतीहरुको सामना गर्न र यसलाई व्यवस्थापन गर्न एकदमै प्रतिबद्ध रहेको छ । मेरो मन्त्रालयको ऐजेण्डा भनेको अर्थतन्त्रमा आधारित शहर निर्माण गर्नु हो जहाँ सबैजनाको आधारभूत सेवाको पहुँच हुन्छ ।

यसको साथै सुरक्षित आवास, स्वच्छ वातावरण, सामाजिक र आर्थिक गतिविधिको अवसर पनि प्राप्त गर्न सकिन्छ । यो योजना पूर्वाधार विकासको लागि मात्र होईन् स्थिर समुदाय विकास गर्नको लागि हो जहाँ सबैले जीवनको आवश्यकता पूरा गर्ने मौका पाउने छन् ।’
यसको साथै, उनले सरकार शहरीकरणको चुनौतीहरु सम्बोधन गर्न प्रतिबद्ध रहेको भन्दै नेपालको राष्ट्रिय शहरी नीति २०२४ यसै तर्फ अगाडी बढेको बताए ।

उनले आजको कार्यक्रममा आउने सबै विचार र सामुहिक प्रयासले नयाँ योजना र दिगो समाधान ल्याउने भन्दै यसले नेपाललाई मात्र होईन् एसियालाई नै फाइदा दिने पनि बताए ।

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने मन्त्री पौडेलको घोषणा

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा...

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक...

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:१३

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै...