Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सङ्क्रमणकालीन न्यायसम्बन्धी पीडितलाई न्याय दिलाउन तत्पर छौं : सभापति देउवा

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको छानविनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको बताएका छन् ।

 

 

बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पीडितलाई न्याय दिने कुरामा कुनैपनि दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौंताका बाँकी काम पूरा गर्न अघि बढीरहेको बताएका हुन् ।

 

 

उनले भने, ‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको  छानविन मार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहिआएको छ । पीडितलाई न्याय दिने कुरामा कुनै पनि दुई मत छैन् ।

 

 

वर्तमान   सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढीरहेको छ ।’

साथै उनले सक्रमणकालीन न्यायका लागि वर्तमान सरकार, राजनीतिक दलहरु पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेको बताए ।

 

उनले सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्नेमा जोड दिए ।

 

 

उनले भने, ‘सक्रमणकालीन न्यायका लागि सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप व्यवस्थापालिकाको छानविन आयोगको पदाधिकारिको नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको छ ।

 

आयोगले शान्ति सम्झौंताका मर्म अनुसार शसस्त्र  द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान सुरु गरेर न्याय दिलाउने नै छ ।

 

वर्तमान सरकार, राजनीतिक दलहरु पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौं । सरोकारावाला पक्षहरुसँग पनि छलफल र अन्तरक्रियाबाट सत्य निरुपण हुने नै हो ।

 

यस विषयमा विश्वास दिलाउन चाहन्छु । सत्य निरुपण तथा मेलमिलापका विषयमा सर्वोच्च अदालतले  पनि मार्गदर्शक फैसला गरिसकेको छ ।

 

सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्ने आवश्यक छ ।’

 

 

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...