Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

काठमाडौं बाल अस्पतालको निर्माणका लागि सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रु. ५ लाख सहयोग

Machhapuchchhre Bank Limited

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत वर्ष पनि कम्पनीले अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको थियो ।

काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य नेपालका लाखौं बालबालिकाको बढ्दो स्वास्थ्य सेवा आवश्यकता, विशेष गरी निम्न आय परिवारको बालबालिकाहरुको लागी किफायती, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । यस महत्वपूर्ण परियोजना निर्माणको लागि सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष श्री प्रदीप जंग पाण्डे ज्यू र प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यूले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई पाँच लाखको चेक हस्तान्तरण गरेका छन् । सिटिजन लाइफको यस सहयोगले काठमाडौं बाल अस्पताल निर्माणलाई केहि मद्दत हुने अपेक्षा राखेको छ ।

सिटिजन लाइफले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न पहलहरु गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरु सञ्चालन गरी आफ्नो दायित्व पूरा गर्दै आएको छ । सिटिजन लाइफले विभिन्न शैक्षिक, स्वास्थ्य र पर्यावरणीय कार्यक्रमहरुको आयोजना गरी नेपालका विभिन्न स्थानमा सामाजिक सुधारका लागि काम गर्दै आएको छ ।

भविष्यमा पनि कम्पनीले यस्ता सहयोग साथै अरु पनि सामाजिक उत्तर्दायित्वलाई निरन्तरता दिदैँ समुदायमा साकारात्मक प्रभाव पु¥याउने प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।

 

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...