CG Electronics
IME Life
NIMB

काठमाडौं बाल अस्पतालको निर्माणका लागि सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रु. ५ लाख सहयोग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत वर्ष पनि कम्पनीले अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको थियो ।

काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य नेपालका लाखौं बालबालिकाको बढ्दो स्वास्थ्य सेवा आवश्यकता, विशेष गरी निम्न आय परिवारको बालबालिकाहरुको लागी किफायती, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । यस महत्वपूर्ण परियोजना निर्माणको लागि सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष श्री प्रदीप जंग पाण्डे ज्यू र प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यूले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई पाँच लाखको चेक हस्तान्तरण गरेका छन् । सिटिजन लाइफको यस सहयोगले काठमाडौं बाल अस्पताल निर्माणलाई केहि मद्दत हुने अपेक्षा राखेको छ ।

सिटिजन लाइफले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न पहलहरु गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरु सञ्चालन गरी आफ्नो दायित्व पूरा गर्दै आएको छ । सिटिजन लाइफले विभिन्न शैक्षिक, स्वास्थ्य र पर्यावरणीय कार्यक्रमहरुको आयोजना गरी नेपालका विभिन्न स्थानमा सामाजिक सुधारका लागि काम गर्दै आएको छ ।

भविष्यमा पनि कम्पनीले यस्ता सहयोग साथै अरु पनि सामाजिक उत्तर्दायित्वलाई निरन्तरता दिदैँ समुदायमा साकारात्मक प्रभाव पु¥याउने प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।

 

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...