Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

डिशहोमले ईजभीजको वाइफाइ आइ पी क्यामेरा विक्रि वितरण गर्ने

 

काठमाडौँ । नेपालको अग्रणी ईन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले ग्राहकहरुको आवस्यकतालाई मध्यनजर गर्दै ईन्टरनेट संगै सुरक्षा निगरानीका लागी वाइफाइ आइ पी क्यामेरा पनि उपलब्ध गराउने भएको छ ।

यसका लागी ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम ईन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको हो । घर निगरानी राख्नका लागी ईजभीजले उत्पादन गर्ने वाइफाइ आइ पी क्यामेराहरू विश्वभर अग्रणी स्थानमा पर्दछ । क्यामेरा उत्पादक तथा ईन्टरनेट सेवा प्रदायकको यो सहकार्यले शहरी र अर्ध–शहरी घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागी प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

उच्च–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै, नेपालीहरूले पनि आफ्नो इन्टरनेटसंग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला ईन्टरनेट सेवा र वाइफाइ आइ पी क्यामेरा एकअर्काका पूरक हुने भएकाले, डिशहोमले आफ्ना वाइफाइ आइ पी आवस्यकता महशुस गरेका ग्राहकहरूलाई आफ्नो देशैभर रहेको डिलर दाईको नेटवर्क मार्फत वाइफाइ आइ पी क्यामेरा उपलब्ध गराउनेछ । डिशहोम र ईजभिजको सहकार्यले डिशहोमका प्रयोगकर्ताहरूको लागि झन्झटमुक्त वाइफाइ आइ पी क्यामेरा मार्फत आफ्नो घरको सुरक्षा सुनिश्चित गर्न सहज बनाउने र निरन्तर ग्राहकलाई सेवा प्रदान गर्नेछ ।

ईजभिजको उन्नत निगरानी क्यामेराहरूमा उच्च भिडियो गुणस्तर, नाइत भिजन, मोसन डिटे क्सन क्षमता, र मोबाइल एपहरू मार्फत सहजै पहुँच पाउन सकिने जस्ता सुविधाहरू उपलब्ध छन्, जसले गर्दा विश्वसनीय सुरक्षा समाधानहरू खोज्ने आधुनिक घरधनीहरूको लागि ईजभिजको प्रोडक्ट उत्कृष्ट हुनेछ । डिशहोमको ईन्टरनेट पूर्वाधार र इजभिजको नवीन तथा विश्वसनीय सुरक्षा सामाग्रीको साथ पाए पछि ग्राहकहरूले अब घरमा सुरक्षित वातावरणको आनन्द लिन सक्ने छन्।

 

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी...

वि.सं.२०८२ असार २३ सोमवार २३:४१

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम...

वि.सं.२०८२ असार २२ आइतवार २१:४१

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२३

  काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’...

वि.सं.२०८२ असार २० शुक्रवार १५:०६

काठमाडौं । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ...