CG Electronics
IME Life
NIMB

बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भयो  साइमेक्स इंक

NIMB
Himalayan Bank

 

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड (CONNECTED. INSPIRED. UNITED) थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरुलाई उनीहरूको अभुतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो ।

नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ । साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड (All Brand Top Sales Award), एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड (Asia Pacific Outstanding Strategic Partner Award), २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड (2024 Excellent Partner Award)  र टप २० स्टोर अवार्ड (Top 20 Store Award) प्राप्त गरेको छ ।

यसका साथै, बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरे वापत धेरै व्यक्तिहरुलाई सम्मानित गरियो । लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गर्नुभयो ।

नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बन्यो । यस अनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रा.लि. ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड (2024 Outstanding Marketing Dealer Award) प्राप्त ग-यो । त्यसैगरी चितवनको डिलर युरो अटो ग्रिन प्रा.लि. ले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड (2024 Excellent Partner Award) र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रा.लि. ले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड (2024 Best Sales Growth Dealer Award) प्राप्त गरे ।

‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन् । ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौ ।’, साइमेक्स इंक प्रा.लि. का अध्यक्ष अनिल श्रेष्ठले भन्नुभयो ।

‘बीवाईडीले मेरो कडा परिश्रमको पहिचान गरेकोमा म अविश्वसनिय रुपमा गर्व र कृतज्ञ महसुस गरेको छु । कार बिक्री गर्नु मात्र होइन, यो एक भिजनलाई ड्राइभ गर्नु, मानिसहरुलाई दिगो भविष्य अंगाल्नका लागि मद्दत गर्नु र वास्तविक रुपमा केही फरक देखाउनु हो । मेरा प्रत्येक रातका योजना, प्रत्येक चुनौती र प्रत्येक कार्यबाट यो अवस्था आइपुगेको छ र यसका लागि मेरा ग्राहक तथा मेरो टिमले मप्रति गर्नुभएको विश्वासका लागि सबैप्रति कृतज्ञ छु ।’, साइमेक्स इंकका सिनियर सेल्स अफिसर निराजन खनालले भन्नुभयो ।

साइमेक्स इंक आफ्ना ग्राहक, साझेदार र सरोकारवालाहरुलाई उहाँहरुको निरन्तर विश्वास र समर्थनको लागि हृदयदेखि कृतज्ञता व्यक्त गर्दछ । यो क्षणमा, हामी नेपाललाई अझै सफा र दिगो भविष्यतिर लैजाने कार्यका साथ अर्को वर्ष समेत अझै सफल हुने अपेक्षा गर्दछौ ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...