Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

हुम्लाको चंखेली गाउँपालिकामा भारतीय दूतावासको सहयोगमा पाँच शैय्याको अस्पताल निर्माण हुने

Machhapuchchhre Bank Limited

काठमाडौँ । नेपाल सरकार, भारतीय दूतावास र स्थानीय तहबिच प्रभावकारी सामुदायिक विकास आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र नौ स्थानीय तहबिच शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौताअनुसार भारत सरकारले नौवटा स्थानीय तहमा विद्यालय संरचना तथा स्वास्थ्य चौकी निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराउनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सम्झौताअनुसार चंखेली गाउँपालिका हुम्लामा पाँच शैय्याको अस्पताल निर्माण गर्न भारत सरकारले आर्थिक सहयोग गर्नेछ ।

चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले गाउँपालिकाले नेपाल सरकारसँग समन्वय गरी पाँच शैय्याको अस्पताल निर्माणका लागि प्रस्ताव पेश गरेको जानकारी दिए । उनका अनुसार संघीय मामिला मन्त्रालयमार्फत भारतीय दूतावासलाई पठाइएको प्रस्ताव अनुमोदन भइसकेको छ र छिट्टै अस्पताल निर्माण कार्य सुरू हुनेछ ।

“हुम्ला नेपालकै एक विकट जिल्ला हो । यहाँबाट सुविधा सम्पन्न अस्पतालसम्म पुग्न झण्डै दुई दिनको यात्रा गर्नुपर्छ । स्वास्थ्य सेवा अभावका कारण धेरै नागरिकले अकालमै ज्यान गुमाइरहेका छन्,’’अध्यक्ष शाहीले भने,“ यसकारण हामीले पाँच शैय्याको अस्पतालका लागि पहल गरेका थियौं, जुन सफल भएको छ । अस्पताल निर्माण भएपछि प्राथमिक स्वास्थ्य सेवाबाट वञ्चित स्थानीयवासीलाई सहज उपचार सुविधा उपलब्ध हुनेछ ।’’

उनका अनुसार अस्पताल निर्माणको सम्पूर्ण प्रक्रिया नेपाल सरकारको कानूनअनुसार अघि बढाइनेछ । डीपीआर ९विस्तृत परियोजना प्रतिवेदन० तयार भइसकेको छ टेन्डर आह्वान गरेर काम अघि बढाइनेछ । अनुमानित लागत २० करोड रुपैयाँ रहेको उक्त अस्पताल १८ महिनाभित्र सम्पन्न गरिनेछ ।

शाहीले अस्पताल निर्माणका लागि समन्वय गर्ने नेपाल सरकार, भारतीय दूतावास तथा अन्य सरोकारवालाहरूप्रति आभार प्रकट गर्दै निर्माण कार्य तत्काल सुरू गरिने बताए ।

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:१३

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै...

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:०२

  काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२÷०८३ को...

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक तथ्यांक

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक...

वि.सं.२०८२ वैशाख ७ आइतवार १७:०६

  काठमाडौं । प्रमुख आर्थिक सूचकको प्रयोग विधि र दिगो...