CG Electronics
IME Life
NIMB

मकवानपुरमा चित्लाङ सडक स्तरिकरण र कालोपत्रेका लागि पन्ध्र करोडको ठेक्का

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मकवानपुर । उत्तरी मकवानपुरको आर्थिक विकासको प्रमुख धमनी मानिने चित्लाङ-चन्द्रागिरी-थानकोट सडक खण्डको स्तरिकरण र कालोपत्रे कार्यका लागि १५ करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ।

यस कार्यमा सत्तारुढ दलका मुख्य सचेतक तथा मकवानपुरका संघीय सांसद महेश कुमार बर्तौलाको प्रमुख भूमिका रहेको छ। उनको पहलमा यस आर्थिक वर्षमा विनियोजित ४ करोड ३१ लाख रुपैयाँलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० करोड ६९ लाख थप गरी कुल १५ करोड रुपैयाँको ठेक्का सार्वजनिक गरेको हो।

यस अघि गत आर्थिक वर्षमा पनि बर्तौलाकै पहलमा यही सडकमा ७ करोड ९९ लाख रुपैयाँ खर्च गरी सुधार कार्य गरिएको थियो। यसबीच दुर्घटनाप्रवण सेतो पहरामा तार जाली (क्र्यास ब्यारियर) पनि लगाइएको छ।

बर्तौलाका सचिव आशिष अस्लामीले बताए अनुसार, सांसद बर्तौला चित्लाङ-थानकोट सडकलाई पूर्ण रूपमा स्तरिकरण गरी उत्तरी मकवानपुरको थाहा नगरलाई आर्थिक रूपमा समृद्ध बनाउन चाहन्छन्। उनले यो सडकलाई थाहादेखि कैलाश, राक्सिराङ हुँदै मनहरी सम्म विस्तार गर्ने योजना राखेका छन्। यसै अन्तर्गत चालु आर्थिक वर्षमै १ करोड ६२ लाख रुपैयाँबाट “रुपचन्द्र विष्ट मार्ग” नामकरण गरी निर्माण कार्य सुरु गरिएको छ।

सांसद बर्तौलाले थाहा नगरलाई केन्द्रबिन्दु बनाई भीमफेदी र इन्द्रसरोबर जस्ता पर्यटकीय गन्तव्यसहित एकीकृत पर्यटन क्षेत्र विकास गरी ग्रामीण अर्थतन्त्र मजबुत पार्ने लक्ष्य राखेका छन्। यसले क्षेत्रीय विकासलाई गति दिने अपेक्षा गरिएको छ।

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...