CG Electronics
IME Life
Ncell NPL

रेडियो नेपाल कुनै पार्टी, व्यक्तिको नभैइ तीन करोड नेपालीको हो : मन्त्री गुरूङ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभैइ ३ करोड नेपालीको भएको बताएका छन् ।

बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले रेडियो नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको माया पाउने भएकाले यो सबै नेपालीको भएको बताएका हुन् ।

उनले भने, ‘यो रेडियो नेपाल ३ करोड नेपालीको हो । यो कुनै व्यक्ति, पार्टीको, सरकारको होइन । सत्य तथ्य जानकारी जनताका बिचमा सम्प्रेषण गर्ने कुरामा रेडियो नेपालको ठूलो भूमिका छ । रेडियो नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको माया पाउने छ ।

नेपालको समृद्धिको लागि, नेपालको बेथिती अन्त्य गर्नको लागि र जनताको सूचनाको हकलाई प्रत्याभूत गर्ने कुरा र जनताको अभिव्यक्ति स्वतन्त्रता र जनताको गोपनियतालाई कायम राखेर चाँही यसले आफ्नो अभियानहरु सुरु गर्नुपर्छ । संसारभरी रहेका नेपालीहरुको लागि पनि यो रेडियो नेपाल हो ।’

साथै उनले रेडियो नेपालले आफ्नो स्वायित्त भएर आफ्नो नीति कार्यक्रमहरु अगाडि सारेर अगाडि बढ्नुपर्ने बताए । उनले विगतको ईतिहास हेर्ने हो भने सत्ताको पञ्जाभित्र परेर अधिनायकवादी आउँदाखेरि अधिनायकवादीकै गान गाउँने, लोकतन्त्र आउँदोखरि लोकतन्त्रकै गुणगान गाउँने खालको जुन भूमिका रेडियो नेपालको थियो आज त्यो सम्पूर्ण रुपमा परिवर्तन भएको बताए ।

उनले भने, ‘देश र जनताप्रति उत्तरदायी बनेर काम गर्ने लक्ष्य रेडियो नेपालको छ । देश र जनताको समृद्धि सुखको लागि अधिनायकवादी हुनु हुँदैन । लोकतन्त्र फस्टिनुपर्छ । गणतन्त्रले आफ्नो प्रभावकारीता सन्देश दिन सक्नुपर्छ । अब लोकतन्त्र गणतन्त्रको सारथी भएर देश र जनताको हितको लागि रेडियो नेपालले आफ्नो कार्यक्रमहरु अगाडि सार्ने छ भन्नेमा हामी विश्वसत छौं ।

विगतको ईतिहास हेर्ने हो भने सत्ताको पञ्जाभित्र परेर अधिनायकवादी आउँदाखेरि अधिनायकवादीकै गान गाउँने, लोकतन्त्र आउँदोखरि लोकतन्त्रकै गुणगान गाउँने खालको जुन भूमिका थियो आज त्यो सम्पूर्ण रुपमा परिवर्तन भएको छ ।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले कुनै सरकारको, कुनै नेताको, कुनै मन्त्रीको मात्रै दाबेदारी कदापी गर्नु हुन्न । रेडियो नेपालले आफ्नो स्वायित्त भएर आफ्नो नीति कार्यक्रमहरु अगाडि सारेर अगाडि लाग्नुपर्ने छ ।’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार...

वि.सं.२०८३ वैशाख २६ शनिवार १५:०५

  काठमाडौं । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई...

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...