Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर

 

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।

नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ । महासङ्घ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो ।

दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा आज बैङ्ककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङगुबोल्कुलले हस्ताक्षर गरे ।

यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ ।

साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।

त्यस्तै नेपाल उद्योग परिसङ्घ र थाइ उद्योग महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्बीच हस्ताक्षर भएको छ । काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि सम्झौता भएको छ ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...