Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कृषिलाई प्रविधीमैत्री बनाउन सके सम्पूर्ण राष्ट्रलाई मधेशले धान्न सक्छ : मन्त्री क्षेत्री

 

जनकपुर । जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मर्यादित सहकारी : समुन्नत समाज’ नाराका साथ बुधबार जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस २०८१ मनाइएको छ । सो क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको आयोजनामा प्रभातफेरि तथा रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बोल्दै भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेश प्रदेशमा कृषिलाई प्रविधीमैत्री बनाउन सके सम्पूर्ण नेपाललाई पुग्ने गरी अन्न उत्पादन गर्न सकिने बताएका छन् । मन्त्री क्षेत्रीले किसानहरुलाई सिचाइको सुविधा प्रदान गर्न मिसनको रुपमा आफ्नो मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

उनले किसानको खेतसम्म बोर्डिङ र विद्युत सहज रुपमा पुर्याउन मात्र सके कृषिजन्य वस्तुको उत्पादनमा दोब्बर बढोत्तरी हुने जनाए । चुरे विनास र विश्व भरि जलवायु परिवर्तनको असरले गर्दा समयमा पानी नपर्ने भएकाले चुरे संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको उनले बताए ।

मन्त्री क्षेत्रीले समाजको उत्थान र समाजिक परिवर्तनका लागि सहकारीले राम्रो भूमिका निर्वाह गरिरहेको बताए । उनले गाउँघरका किसानका लागि सहकारी बरदान सावित भएकोमा सहकारीलाई धन्यवाद दिए । पुरुष भन्दा महिलाहरुको सहकारीमा सहभागीता बढि देखिएकोले महिलाहरुको भूमिका सराहनीय रहेको उनको भनाई थियो ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...