CG Electronics
IME Life
NIMB

शिक्षाले उद्यमशिल हुन सिकाउदैँन् भने त्यो गुणस्तर हुँदैन् : मन्त्री भण्डारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अन्य मानिसलाई पेन्सन जस्तै सुविधा दिनको लागि सामाजिक सुरक्षा कोष स्थापना गरेको बताएका छन् ।

विहीबार लर्डबुद्ध एजुकेशन फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘सशक्त भविष्यको निर्माण’ विषयक कार्यक्रममा उनले सरकारी क्षेत्रको तलब निजी क्षेत्रको भन्दा भएता पनि पेन्शनको लागि भएपनि सरकारी जागिरमा चाहने भन्दै पेन्शन जस्तै सुविधा दिनको लागि सामाजिक सुरक्षा कोषको स्थापना गरेको बताए ।

उनले भने, ‘सरकारले सहज वातावरण बनाउने हो, काम गर्ने निजी क्षेत्रले हो । रोजगारी सिर्जना सरकारले गर्दैन् । सरकारले सरकारी जागिर भनेर मात्र दिने हो,’ उनले अगाडि भने,‘ मान्छेहरु किन सरकारी जागिर मात्र खोजिरहेका हुन्छन् ।

सरकारी क्षेत्रको तलब निजी क्षेत्रको भन्दा कम हुन्छ त्यही पनि मानिस सरकारी जागिरमा नै किन जान्छन् । यसको एउटै कारण भनेको सरकारी जागिरमा छिरेपछि नमरेसम्म उसलाई सरकारले हेर्छ । त्यही भएर अन्य मानिसको पेन्शनको लागि.सामाजिक सुरक्षा कोष बनाएका छौ ।

यसमा निजी क्षेत्रलाई पनि सहभागि हुन आग्रह गर्न चाहन्छु ।’यस्तै, उनले शिक्षाले उद्यमशिल हुन सिकाउदैँन् भने त्यो गुणस्तर शिक्षा नहुने भन्दै रोजगारीले मात्र केही नहुने बताए । अहिलेको अवस्थाको प्रविधि प्रयोग गरेर अगाडि बढ्न सकेनौ भने धेरै पछाडी पर्ने औंल्याए ।

उनले रोजगारी र सीपको महत्वबारे चर्चा गर्दै एलबीईएफ कलेजको कदम शिक्षा र उद्योगबीचको दूरी घटाउने महत्वपूर्ण पहल भएको बताए ।

जागिर खोज्नेहरुका लागि लर्डबुद्धको नयाँ वेबसाइट

सो अवसरमा नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसनले रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भ गरेको छ । वेबसाइटले विद्यार्थीलाई आफूसँग मेल खाने रोजगारी अवसर खोज्न सहज बनाउनेछ ।

कम्पनीहरूलाई आवश्यक दक्षता उल्लेख गर्दै जागिरको अवसर प्रकाशित गर्ने सुविधा पनि यस वेबसाइटले प्रदान गर्छ । साथै, विद्यार्थीले आवश्यक सीप अभाव महसुस गरेमा वेबसाइटमै उपलब्ध सीपमूलक पाठ्यक्रमहरू पूरा गरेर आफूलाई रोजगारीका लागि योग्य बनाउन सक्नेछन्। वेबसाइटमै अन्तरवार्ताको तयारी पनि गर्न सकिनेछ।

लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आयोजित ‘ईम्पावरिङ फ्युचर्स’ कार्यक्रममा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले सो वेबसाइट सार्वजनिक गरेका हुन् ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई पंकज जालानले बजारमा काम गर्ने कालिगढको कमी भएको भन्दै कामलाई ठूलो र सानो भनेर मुल्यांकन गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताए ।

उनले नयाँ वेबसाइट र यस किसिमका रोजगारमूलक गतिविधिहरूले विद्यार्थीहरूलाई सही सीप, अवसर र उद्योगसँगको सम्बन्ध निर्माण गर्न सघाउने विश्वास व्यक्त गरे। कार्यक्रममा आईटी क्षेत्रका साझेदार कम्पनीहरूलाई सम्मान समेत गरिएको थियो।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...