Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

भौतिक विकासका सबै सुखसुविधाहरु आफ्नै हुनुपर्छ भन्ने सोच गलत : मन्त्री पाण्डे

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भौतिक विकासका सबै सुख सुविधाहरु आफ्नै हुनुपर्छ भन्ने सोच गलत भएको बताएका छन् ।

बिहीबार खप्तडबाबा ज्योति पुरस्कार वितरण तथा सम्मान समारोहमा बोल्दै मन्त्री पाण्डेले भौतिक विकास गलत नभएको तरहेर्ने दृष्टिकोण आत्म केन्द्रित वा स्वार्थ केन्द्रित हुनु गलत भएको बताए ।

उनले भने, ‘भौतिक विकासका सबै सुखसुविधाहरु मेरै हुनुपर्छ भन्ने सोच गलत हो । भौतिक विकास गलत होइन तर भौतिक विकासलाई हेर्ने दृष्टिकोण आत्म केन्द्रित र स्वार्थ केन्द्रित भयो भने त्यो गलत हो । हामी नाङ्गै आएको नाङ्गै जाने वास्तविकता र सत्य त्यही नै हो ।’

साथै उनले स्वार्थहरुको पत्रले छोपिँदा छोपिँदा मान्छेले आफ्नो स्वभावविकता गुमाउँदै गइरहेको बताए । उनले स्वभावविकता गुमाउँदा नै मान्छेले द्वन्द्व निम्त्याउने गरेको बताए ।

उनले भने, ‘कसैले स्वार्थहरुको पत्रले छोपिँदा छोपिँदा मान्छेले आफ्नो स्वभावविकता गुमाएको हुन्छ । त्यो स्वभावविकता गुमाउँदा नै मान्छेले द्वन्द्व निम्त्याउँछ । मान्छेले दोराचार निम्त्याउँछ । मान्छेले सौदाचारको बाटो छोड्छ, साम, दाम, दण्ड र भेदको बाटो अबलम्वन गर्छ ।’

 

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...