CG Electronics
IME Life
NIMB

तेक्वान्दो खेलको अवस्था खस्किएकोमा मन्त्री चिन्तित, बजेटबारे चिन्ता नलिन आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो खेलले आफ्नो पहिचान कायम गर्न नसकेको महशुस भएको बताएका छन् ।

बिहीबार ललितपुरस्थित नेपाल तेक्वान्दो संघमा आयोजित कुकीवन कप तेक्वान्दो च्याम्पियनसिप २०२५ को उद्घाटन गर्दै उनले यस वर्ष संघलाई बजेट उपलब्ध गराउन कोशिस गरिरहेको भन्दै बजेटको चिन्ता नलिइ खेललाई अगाडि बढाउन आग्रह गरे ।

उनले भने,‘अन्तर्राष्ट्रिय जगतमा धेरै पदकहरु प्राप्त गरेको थियो । तर अहिले आएर तेक्वान्दोले जति पदक प्राप्त गर्नुपर्ने हो, जति अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान कायम गर्न सक्नुपर्ने तर यसमा कमी कमजोरी भएको महशुस भएको छ । त्यसैले बजेटको चिन्ता नगर्नुहोस् । यस वर्ष व्यापक बजेट उपलब्ध गराउन कोशिस गरिरहेको छौं ।’

त्यस्तै उनले देशको नाम उच्च राख्ने तेक्वान्दो खेलको विकासमा बाधा उत्पन्न गर्ने हरेक प्रयासहरु मान्य नहुने पनि बताए । मन्त्री चौधरीले तेक्वान्दो खेल र खेलाडीहरुको विकासको लागि सँधै नेपाल तेक्वान्दो संघसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने,‘तेक्वान्दो खेलले देशलाई सँधै गौरव गराएको छ । आगामी दिनहरुमा यस खेलले अझै सफलता दिलाउने र देशको नाम उच्च राख्ने विश्वास लिएको छु । देशको नाम उच्च राख्ने खेलको विकासमा बाधा उत्पन्न गर्ने हरेक प्रयासहरुलाई यस मन्त्रालय र राष्ट्रिय खेलकुदलाई मान्य हुने छैन् । यस खेल र खेलाडीहरुको विकासको लागि सँधै नेपाल तेक्वान्दो संघसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...