Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

तेक्वान्दो खेलको अवस्था खस्किएकोमा मन्त्री चिन्तित, बजेटबारे चिन्ता नलिन आग्रह

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो खेलले आफ्नो पहिचान कायम गर्न नसकेको महशुस भएको बताएका छन् ।

बिहीबार ललितपुरस्थित नेपाल तेक्वान्दो संघमा आयोजित कुकीवन कप तेक्वान्दो च्याम्पियनसिप २०२५ को उद्घाटन गर्दै उनले यस वर्ष संघलाई बजेट उपलब्ध गराउन कोशिस गरिरहेको भन्दै बजेटको चिन्ता नलिइ खेललाई अगाडि बढाउन आग्रह गरे ।

उनले भने,‘अन्तर्राष्ट्रिय जगतमा धेरै पदकहरु प्राप्त गरेको थियो । तर अहिले आएर तेक्वान्दोले जति पदक प्राप्त गर्नुपर्ने हो, जति अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान कायम गर्न सक्नुपर्ने तर यसमा कमी कमजोरी भएको महशुस भएको छ । त्यसैले बजेटको चिन्ता नगर्नुहोस् । यस वर्ष व्यापक बजेट उपलब्ध गराउन कोशिस गरिरहेको छौं ।’

त्यस्तै उनले देशको नाम उच्च राख्ने तेक्वान्दो खेलको विकासमा बाधा उत्पन्न गर्ने हरेक प्रयासहरु मान्य नहुने पनि बताए । मन्त्री चौधरीले तेक्वान्दो खेल र खेलाडीहरुको विकासको लागि सँधै नेपाल तेक्वान्दो संघसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने,‘तेक्वान्दो खेलले देशलाई सँधै गौरव गराएको छ । आगामी दिनहरुमा यस खेलले अझै सफलता दिलाउने र देशको नाम उच्च राख्ने विश्वास लिएको छु । देशको नाम उच्च राख्ने खेलको विकासमा बाधा उत्पन्न गर्ने हरेक प्रयासहरुलाई यस मन्त्रालय र राष्ट्रिय खेलकुदलाई मान्य हुने छैन् । यस खेल र खेलाडीहरुको विकासको लागि सँधै नेपाल तेक्वान्दो संघसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...