Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

kumari  bank

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको दुई साता बितिसकेको छ तर सरकारले नयाँ गर्भनर नियुक्त गर्न सकेको छैन। हाल गर्भनरको दौडमा अर्थविद् गुणाकर भट्टको नाम सबैभन्दा बढी चर्चामा रहेको छ। यद्यपि उनले बाह्य रुपमा सक्रियता नदेखाए पनि भित्री रुपमा राजनीतिक लबिङ तीव्र बनेको स्रोतहरूले बताएका छन्।

गृहमन्त्री रमेश लेखक, लेखराज भट्ट, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, डा. आरजु राणा देउवा तथा एक बलायर थरका व्यक्ति भट्टको समर्थनमा सक्रिय देखिएका छन्। स्रोतका अनुसार दीपक भट्टले गुणाकरलाई आफ्नो पात्र बनाएर अगाडि सारेका हुन्।

बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा पक्षले भट्टको नाम अघि सारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका छैनन्। देउवा शनिबार सिंगापुर प्रस्थान गर्ने भएकाले बैठकमा तत्काल निर्णयको दबाब दिएका थिए।

गुणाकरको नाम सार्वजनिक भएपछि राष्ट्र बैंकभित्र चर्को प्रतिक्रिया देखिएको छ। धेरैजसो कर्मचारी चकित बनेका छन् भने वरिष्ठ पदाधिकारीहरू उनको मातहत काम गर्न नसकिने भन्दै असन्तुष्ट छन्। यदि भट्ट गर्भनर नियुक्त भएमा डेपुटी गर्भनर र सञ्चालन समितिका केही पदाधिकारीहरूले राजीनामा दिने सम्भावना रहेको बताइएको छ।

तर, सिफारिस समितिका सदस्यहरू विदेशमा रहेकाले समितिको बैठक समेत हुन नसकेको र तत्काल सिफारिस आउने सम्भावना नरहेको देखिएको छ। नियुक्ति प्रक्रिया अझै केही समय लम्बिन सक्ने अनुमान गरिएको छ।

 

 

 

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...