CG Electronics
IME Life
NIMB

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको दुई साता बितिसकेको छ तर सरकारले नयाँ गर्भनर नियुक्त गर्न सकेको छैन। हाल गर्भनरको दौडमा अर्थविद् गुणाकर भट्टको नाम सबैभन्दा बढी चर्चामा रहेको छ। यद्यपि उनले बाह्य रुपमा सक्रियता नदेखाए पनि भित्री रुपमा राजनीतिक लबिङ तीव्र बनेको स्रोतहरूले बताएका छन्।

गृहमन्त्री रमेश लेखक, लेखराज भट्ट, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, डा. आरजु राणा देउवा तथा एक बलायर थरका व्यक्ति भट्टको समर्थनमा सक्रिय देखिएका छन्। स्रोतका अनुसार दीपक भट्टले गुणाकरलाई आफ्नो पात्र बनाएर अगाडि सारेका हुन्।

बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा पक्षले भट्टको नाम अघि सारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका छैनन्। देउवा शनिबार सिंगापुर प्रस्थान गर्ने भएकाले बैठकमा तत्काल निर्णयको दबाब दिएका थिए।

गुणाकरको नाम सार्वजनिक भएपछि राष्ट्र बैंकभित्र चर्को प्रतिक्रिया देखिएको छ। धेरैजसो कर्मचारी चकित बनेका छन् भने वरिष्ठ पदाधिकारीहरू उनको मातहत काम गर्न नसकिने भन्दै असन्तुष्ट छन्। यदि भट्ट गर्भनर नियुक्त भएमा डेपुटी गर्भनर र सञ्चालन समितिका केही पदाधिकारीहरूले राजीनामा दिने सम्भावना रहेको बताइएको छ।

तर, सिफारिस समितिका सदस्यहरू विदेशमा रहेकाले समितिको बैठक समेत हुन नसकेको र तत्काल सिफारिस आउने सम्भावना नरहेको देखिएको छ। नियुक्ति प्रक्रिया अझै केही समय लम्बिन सक्ने अनुमान गरिएको छ।

 

 

 

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...