Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

 

काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२÷०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमबारे तयार पारेको नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई पेश गरेको छ ।

आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन पेश गरेका हुन् ।

उक्त प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री पौडेलले पछिल्ला दिनमा सरकारले देशको अर्थतन्त्रमा देखा परेका समस्याहरुलाई समाधान गर्नका निम्ति सशक्त पहल गर्दै आइरहेको बताए । उनले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्र सुध्रिँदै लयमा फर्किरहेको बताए ।

उनले भने, ‘पछिल्ला दिनमा सरकारले देशको अर्थतन्त्रमा देखा परेका समस्याहरुलाई समाधान गर्नका निम्ती सशक्त पहल गर्दै आइरहेको छ । अर्थतन्त्रका सबै परिसूचकहरु हेर्नुभयो भने अघिल्लो वर्षको तुलनामा केही सुधारहरु गर्न सकेका छौं । अर्थतन्त्र सुध्रिँदै छ । अर्थतन्त्र लयमा फर्किदैछ । ’

साथै उनले अहिले मुलुक राजनीतिक अस्थिरतातर्फ नभइ स्थिरतातर्फ अघि बढेकाले अस्थिरतावादी प्रवित्ति भने यो स्थिरताका खिलाफमा विभिन्न गतिविधि गर्ने कोशिस गरिरहेको बताए ।

उनले भने, ‘अहिले मुलुक राजनीतिक अस्थिरतातर्फ होइन स्थिरतातर्फ अघि बढेको छ । तर अस्थिरतावादी प्रवित्ति भने स्थिरताका खिलाफमा विभिन्न गतिविधि गर्ने कोशिस गरिरहेका छन् । अस्थिरतावादी, प्रतिज्ञावादी, प्रतिगामी र अराजकतावादी प्रवृत्तिहरु सिर्जना भइरहेका छन् ।

तर अस्थिरता सिर्जना गर्ने कोशिसहरु निकाम हुने छन् । मुलुकले एउटा सुनिश्चत स्थिरताको यात्रा तय गर्नेछ । स्थिरताका निम्ती मात्रै स्थिरताको खोजेका होइनौं, सरकार टिकोस्, रहोस्, चलोस् भन्नका निम्ती मात्रै स्थिरताको खोजी गरेका होइनौं, स्थिरताको उद्देश्य संविधानको रक्षा, संविधानको प्रभावकारिता कार्यान्वयन एवम आर्थिक सामाजिक क्षेत्रमा सुधार, अग्रगामी परिवर्तनकारी सुधार मुख्य उद्देश्य हो ।’

 

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा...

वि.सं.२०८२ असार ३१ मंगलवार १०:२२

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन...

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा...

वि.सं.२०८२ असार ३१ मंगलवार १०:१४

  काठमााडौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर...

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...