CG Electronics
IME Life
NIMB

नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेसनबीच स्वास्थ्य बीमा सम्बन्धी छलफल

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान प्रान्त अन्तर्गतको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनबीच सिचुवान प्रान्तको छेङ्दुमा आज स्वास्थ्य बीमा सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।

नेपालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेतृत्व गर्नुभएको टोली र चीनबाट सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङ नेतृत्वको टोलीबीच स्वास्थ्य बीमा, स्वास्थ्य बीमा प्रणाली, स्वास्थ्य बीमा सम्बन्धी नीति तथा संरचना र स्वास्थ्य सुरक्षण लगायतका विषयमा छलफल भएको हो ।

कार्यक्रममा स्वास्थ्य बीमाको दिगोपन सुनिश्चित गर्ने उपाय, भुक्तानी प्रणालीमा सुधार, बीमाले प्रदान गर्ने रक्षावरण, निजीक्षेत्रद्वारा सञ्चालित स्वास्थ्य बीमा योजना, नागरिकहरूलाई सहज र सुलभ सेवा प्रदान गर्ने विधि, स्वास्थ्य सुरक्षामा सार्वजनिक र निजीक्षेत्रको सहकार्य, सेवा प्राप्तिमा पारदर्शिता, बीमाप्रतिको विश्वास अभिवृद्धि र डिजिटल प्रविधिको प्रयोग मार्फत स्वास्थ्य बीमाको प्रभावकारिता अभिवृद्धि लगायतका विषयमा विस्तृत छलफल भएको थियो ।

कार्यक्रममा चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङले सिचुवान प्रान्तमा स्वास्थ्य सुरक्षालाई तीन भागमा बर्गीकरण गरी पहिलो चरणमा बेसिक हेल्थ केयर सुविधा, दोस्रोमा थप प्रिमियम तिर्दा घातक रोगको उपचार सुविधा र तेस्रो चरणमा मेडिकल एसिस्टेन्सको व्यवस्था रहेको जानकारी दिनुभयो ।

उपमहानिर्देशक झाङले संस्थाको आर्थिक अवस्था अनुसार नागरिकलाई दिइने सुविधा थप गर्ने गरिएको उल्लेख गर्नुहुँदै सरकारी स्वास्थ्य सुरक्षा योजनाले जोखिम नव्यहोर्ने रोगको उपचारका लागि नागरिकले स्वास्थ्य बीमा खरिद गर्ने गरेको र सरकारी स्वास्थ्य सुरक्षा तथा आधारभूत सेवा अन्तर्गत नियमित प्रयोग हुने औषधि तथा आधारभूत मेडिकल सेवा प्रदान गर्ने गरिएको बताउनुभयो ।

साथै, उहाँले गलत तथा फर्जी दाबी रोक्न आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउँदै गलत दाबी गर्ने स्वास्थ्य संस्थालाई उच्च जरिवानाका साथै कडा कारबाहीको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । उपमहानिर्देशक झाङले सरकारी स्वास्थ्य सुरक्षा अन्तर्गत संस्थाको वित्तीय अवस्था तथा सरकारले गर्ने आर्थिक सहायताका आधारमा सेवा थप गर्ने गरिएको र निजीक्षेत्रका बीमा कम्पनीले बिक्री गर्ने बीमामा धेरै सुविधाहरू रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सरकारी स्वास्थ्य सुरक्षा योजना र निजीक्षेत्रका स्वास्थ्य बीमाबीच रहेका फरक र सरकारी स्वास्थ्य सुरक्षा प्रणालीको दिगोपनका सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष ओझाले नेपालमा स्वास्थ्य बीमा सम्बन्धी नीति तर्जूमा गर्दा सिचुवान प्रान्तको अनुभवलाई प्राधिकरणले आत्मसाथ गर्ने बताउनुभयो । कार्यक्रममा नेपालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा छेङ्दुस्थित नेपालका महावाणिज्यदूत सुरेश राउत सहभागी हुनुन्थ्यो ।

यसैगरी, चीनबाट चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङ, प्लानिङ, फाइनान्स एण्ड रेगुलेशन डिभिजन प्रमुख ली याजुन, बेनेफिट एण्ड सेक्युरिटी डिभिजन प्रमुख ली रुई, मेडिकल एण्ड फर्मास्युटिकल सर्भिसेस् म्यानेजमेन्ट डिभिजन प्रमुख वाङ यिगो, अपरेशनल गाइडेन्स डिभिजन प्रमुख लियो जेङ्कुई र मेडिकल एण्ड फर्मास्युटिकल प्राइसेस एण्ड विडिङ प्रोक्युरमेन्ट डिभिजनका उपप्रमुख जियोङ वेङविङको सहभागिता रहेको थियो ।

 

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...