सानिमा बैंकको नाफा १४.८०प्रतिशतले बढ्यो, लाभांश क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ

Monday Apr 21, 2025
वि.सं.२०८२ वैशाख ८ सोमवार २२:३७

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४.८० प्रतिशतले नाफा बढाउँदै १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो।
यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने ६.५२ प्रतिशतले घटेर ४ अर्ब २८ करोड २८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ४ अर्ब ५८ करोड १५ लाख रुपैयाँ थियो।
बैंकको सञ्चालन नाफा ९ प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड १३ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ छ, जसअनुसार लाभांश वितरण क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम ७५ करोड ६८ लाख रुपैयाँ मात्र थियो।
सानिमा बैंकको रिटर्न अन इक्विटी (ROE) १०.३५ प्रतिशत रहेको छ। बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ भने जगेडा कोष ३.९८ प्रतिशतले वृद्धि भई ६ अर्ब १२ करोड ९६ लाख रुपैयाँ पुगेको छ।
बैंकले समीक्षावधिमा निक्षेप संकलन ८.४१ प्रतिशतले बढाएर २ खर्ब १३ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह ८.५८ प्रतिशतले बढाएर १ खर्ब ७३ अर्ब ९ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ।
तर, बैंकको खराब कर्जा (NPL) भने १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुगेको छ, जुन जोखिमको संकेत हुन सक्छ।