CG Electronics
IME Life
NIMB

सानिमा बैंकको नाफा १४.८०प्रतिशतले बढ्यो, लाभांश क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४.८० प्रतिशतले नाफा बढाउँदै १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो।

यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने ६.५२ प्रतिशतले घटेर ४ अर्ब २८ करोड २८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ४ अर्ब ५८ करोड १५ लाख रुपैयाँ थियो।

बैंकको सञ्चालन नाफा ९ प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड १३ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ छ, जसअनुसार लाभांश वितरण क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम ७५ करोड ६८ लाख रुपैयाँ मात्र थियो।

सानिमा बैंकको रिटर्न अन इक्विटी (ROE) १०.३५ प्रतिशत रहेको छ। बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ भने जगेडा कोष ३.९८ प्रतिशतले वृद्धि भई ६ अर्ब १२ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

बैंकले समीक्षावधिमा निक्षेप संकलन ८.४१ प्रतिशतले बढाएर २ खर्ब १३ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ पुर्‍याएको छ भने कर्जा प्रवाह ८.५८ प्रतिशतले बढाएर १ खर्ब ७३ अर्ब ९ करोड ६६ लाख रुपैयाँ पुर्‍याएको छ।

तर, बैंकको खराब कर्जा (NPL) भने १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुगेको छ, जुन जोखिमको संकेत हुन सक्छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...