CG Electronics
IME Life
NIMB

सिन्धु विकास बैंकको सबै सूचकमा सुधार, पूँजीकोष अनुपात ११.४९ प्रतिशत पुग्यो

NIMB
Himalayan Bank

 

काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्दै सबै सूचकमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा ७ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ करोड ४० लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो।

दोस्रो त्रैमाससम्म ८.२२ प्रतिशतमा सीमित रहेको पूँजीकोष पर्याप्तता अनुपात तेस्रो त्रैमासमा उल्लेखनीय सुधार हुँदै ११.४९ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम १० प्रतिशतको सीमाभन्दा कम भएकाले बैंक विगतमा शीघ्र सुधारात्मक कारबाहीमा परेको थियो । पूँजीकोषमा सुधार भएपछि अब उक्त कारबाहीबाट मुक्त हुने अपेक्षा बैंकले गरेको छ ।

 

चैत्र मसान्तसम्म बैंकका अन्य प्रमुख वित्तीय सूचकहरू पनि सकारात्मक देखिएका छन् । प्रति सेयर आम्दानी १८.७६ रुपैयाँ, निष्क्रिय कर्जा अनुपात ८.६४ प्रतिशत, तरलता अनुपात ३६.३६ प्रतिशत, र प्रति सेयर नेटवर्थ ७९.८९ रुपैयाँ रहेको छ ।

हालसालै सम्पन्न वार्षिक साधारण सभाबाट बैंकले प्रादेशिक स्तरको विकास बैंकको लागि नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ पुर्याउन हाल कायम रहेको पूँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश भइसकेको छ ।

सिन्धु विकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, मकवानपुर र चितवन गरी पाँच जिल्लामा कार्यक्षेत्र फैलिएको क्षेत्रीयस्तरको विकास बैंक हो । बैंकले हाल २६ शाखामार्फत सेवा दिँदै आएको छ । बैंकको नेतृत्व वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटाले पुस महिनादेखि प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्हाल्दै आएका छन् ।

 

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...