Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सिन्धु विकास बैंकको सबै सूचकमा सुधार, पूँजीकोष अनुपात ११.४९ प्रतिशत पुग्यो

kumari  bank

 

काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्दै सबै सूचकमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा ७ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ करोड ४० लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो।

दोस्रो त्रैमाससम्म ८.२२ प्रतिशतमा सीमित रहेको पूँजीकोष पर्याप्तता अनुपात तेस्रो त्रैमासमा उल्लेखनीय सुधार हुँदै ११.४९ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम १० प्रतिशतको सीमाभन्दा कम भएकाले बैंक विगतमा शीघ्र सुधारात्मक कारबाहीमा परेको थियो । पूँजीकोषमा सुधार भएपछि अब उक्त कारबाहीबाट मुक्त हुने अपेक्षा बैंकले गरेको छ ।

 

चैत्र मसान्तसम्म बैंकका अन्य प्रमुख वित्तीय सूचकहरू पनि सकारात्मक देखिएका छन् । प्रति सेयर आम्दानी १८.७६ रुपैयाँ, निष्क्रिय कर्जा अनुपात ८.६४ प्रतिशत, तरलता अनुपात ३६.३६ प्रतिशत, र प्रति सेयर नेटवर्थ ७९.८९ रुपैयाँ रहेको छ ।

हालसालै सम्पन्न वार्षिक साधारण सभाबाट बैंकले प्रादेशिक स्तरको विकास बैंकको लागि नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ पुर्याउन हाल कायम रहेको पूँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश भइसकेको छ ।

सिन्धु विकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, मकवानपुर र चितवन गरी पाँच जिल्लामा कार्यक्षेत्र फैलिएको क्षेत्रीयस्तरको विकास बैंक हो । बैंकले हाल २६ शाखामार्फत सेवा दिँदै आएको छ । बैंकको नेतृत्व वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटाले पुस महिनादेखि प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्हाल्दै आएका छन् ।

 

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:१०

  काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा...

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा...

वि.सं.२०८२ जेठ २ शुक्रवार ००:००

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन...

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को...

वि.सं.२०८२ जेठ १ बिहीवार २२:२३

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका...

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता तथा तालिम कार्यक्रम सम्पन्न

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३७

  काठमाडौँ । लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३१

काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा...

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:५५

  काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज...