Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

इनड्राइभ नेपालमा लोकप्रिय : यात्रुका लागि स्वतन्त्रता र विकल्पको नयाँ अनुभव

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुको स्वतन्त्रता र पारदर्शितामाथि आधारित सेवा मोडेलमार्फत गतिशीलताको नयाँ परिभाषा दिएको छ । ‘आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ भन्ने मोडेलमा इनड्राइभ नेपाली बजारमा अग्रणी राइड–हेलिङ सेवा प्रदायक बन्न पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार इनड्राइभको याे मोडेलले यात्रुहरूलाई आफैंले गन्तव्य अनुसार भाडा प्रस्ताव गर्ने, उपलब्ध चालकहरूमध्ये छनोट गर्ने र सवारी साधनको प्रकार समेत रोज्ने स्वतन्त्रता दिन्छ । यो सुविधा परम्परागत एपहरूभन्दा भिन्न छ, जहाँ मूल्य निर्धारण एआई एल्गोरिदमको भरमा हुन्छ ।

इनड्राइभले यात्रु र चालकबीच पारदर्शी सहमतिको आधारमा मूल्य निर्धारण हुने सुविधा दिएको छ । यस मोडेलले ग्राहक सन्तुष्टि, सुलभ भाडा दर, र पारस्परिक समझदारीलाई प्राथमिकता दिएर नेपाली बजारमा नयाँ मानक स्थापित गरेको छ । कम्पनीले आफ्नो सफलता र लोकप्रियताको मूल कारण प्रयोगकर्तामैत्री सेवा मोडेललाई मानेको छ । इनड्राइभले अन्य परम्परागत राइड–हेलिङ एपहरूभन्दा बढी लचिलोपन र प्रयोगकर्ताको स्वतन्त्रता सुनिश्चित गर्दै आएको छ ।

इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवित्र नन्द आनन्दका अनुसार, ‘सन् २०२२ मा नेपालमा यो सुविधा सुरु गरिएको हो । नेपाली बजारमा यात्रुहरूलाई आफूले भाडा निर्धारण गर्न दिने सुविधा ल्याउने पहिलो एप इनड्राइभ नै हो ।’ यात्रुहरूले मूल्य, सवारी प्रकार, दूरी, र पिकअप समयका आधारमा आफूलाई उपयुक्त चालक छनोट गर्न सक्ने सुविधा पाइरहेका छन् ।

इनड्राइभ निष्पक्षता र पारदर्शितामा आधारित मूल्य निर्धारण मोडेलका कारण विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गएको छ । हाल इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड भएको राइड–हेलिङ एप बनेको छ र पछिल्ला तीन वर्षदेखि यस स्थानमा कायम रहन सफल भएको छ ।

सेन्सर टावरका अनुसार, इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा नेपालमा पहिलो स्थान हासिल गरेको छ । यो तथ्यले इनड्राइभको नेपाली बजारमा बलियो उपस्थिति र ग्राहकबीचको विश्वासलाई पुष्टि गर्छ ।

इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै विश्वभर ६१ लाखभन्दा बढी पटक डाउनलोड भएको छ । यसले इनड्राइभको अन्तर्राष्ट्रिय सफलता र प्रयोगकर्तामाझको लोकप्रियतालाई स्पष्ट देखाएको छ ।

पवित्र नन्द आनन्दका अनुसार, इनड्राइभले यात्रु र चालक दुवैको हितलाई ध्यानमा राख्दै सन्तुलित र आत्मनिर्भर इकोसिस्टम निर्माण गरेको छ । ‘यहाँ प्रत्येक सवारी गन्तव्यसम्मको यात्रा मात्र होइन, आपसी समझदारी र सन्तुष्टिको अनुभव पनि हो,’ उनले भनिन् । यात्रु र चालकबीचको सीधा संवादमार्फत भाडा निर्धारण हुने यो मोडेलले दुवै पक्षको आवश्यकता र सुविधाअनुसार यात्रा सम्भव बनाएको छ ।

 

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४१

  काठमाडौँ। अक्टोबर २०२५ मा टाटा मोटर्सको नेक्सन सबैभन्दा बढी...

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:१७

विराटनगर, नोभेम्बर १४, २०२५, जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको नेपालकै अग्रणी...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ सुशुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:१६

  विर्तामोड । नेपालकालागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको...

रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350 सार्वजनिक, मूल्य ५ लाख ७७ हजारदेखि

रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:१०

  काठमाडौं । रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ 2025...

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:४९

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...