CG Electronics
IME Life
NIMB

इनड्राइभ नेपालमा लोकप्रिय : यात्रुका लागि स्वतन्त्रता र विकल्पको नयाँ अनुभव

NIMB
Himalayan Bank

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुको स्वतन्त्रता र पारदर्शितामाथि आधारित सेवा मोडेलमार्फत गतिशीलताको नयाँ परिभाषा दिएको छ । ‘आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्’ भन्ने मोडेलमा इनड्राइभ नेपाली बजारमा अग्रणी राइड–हेलिङ सेवा प्रदायक बन्न पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार इनड्राइभको याे मोडेलले यात्रुहरूलाई आफैंले गन्तव्य अनुसार भाडा प्रस्ताव गर्ने, उपलब्ध चालकहरूमध्ये छनोट गर्ने र सवारी साधनको प्रकार समेत रोज्ने स्वतन्त्रता दिन्छ । यो सुविधा परम्परागत एपहरूभन्दा भिन्न छ, जहाँ मूल्य निर्धारण एआई एल्गोरिदमको भरमा हुन्छ ।

इनड्राइभले यात्रु र चालकबीच पारदर्शी सहमतिको आधारमा मूल्य निर्धारण हुने सुविधा दिएको छ । यस मोडेलले ग्राहक सन्तुष्टि, सुलभ भाडा दर, र पारस्परिक समझदारीलाई प्राथमिकता दिएर नेपाली बजारमा नयाँ मानक स्थापित गरेको छ । कम्पनीले आफ्नो सफलता र लोकप्रियताको मूल कारण प्रयोगकर्तामैत्री सेवा मोडेललाई मानेको छ । इनड्राइभले अन्य परम्परागत राइड–हेलिङ एपहरूभन्दा बढी लचिलोपन र प्रयोगकर्ताको स्वतन्त्रता सुनिश्चित गर्दै आएको छ ।

इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवित्र नन्द आनन्दका अनुसार, ‘सन् २०२२ मा नेपालमा यो सुविधा सुरु गरिएको हो । नेपाली बजारमा यात्रुहरूलाई आफूले भाडा निर्धारण गर्न दिने सुविधा ल्याउने पहिलो एप इनड्राइभ नै हो ।’ यात्रुहरूले मूल्य, सवारी प्रकार, दूरी, र पिकअप समयका आधारमा आफूलाई उपयुक्त चालक छनोट गर्न सक्ने सुविधा पाइरहेका छन् ।

इनड्राइभ निष्पक्षता र पारदर्शितामा आधारित मूल्य निर्धारण मोडेलका कारण विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गएको छ । हाल इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड भएको राइड–हेलिङ एप बनेको छ र पछिल्ला तीन वर्षदेखि यस स्थानमा कायम रहन सफल भएको छ ।

सेन्सर टावरका अनुसार, इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा नेपालमा पहिलो स्थान हासिल गरेको छ । यो तथ्यले इनड्राइभको नेपाली बजारमा बलियो उपस्थिति र ग्राहकबीचको विश्वासलाई पुष्टि गर्छ ।

इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै विश्वभर ६१ लाखभन्दा बढी पटक डाउनलोड भएको छ । यसले इनड्राइभको अन्तर्राष्ट्रिय सफलता र प्रयोगकर्तामाझको लोकप्रियतालाई स्पष्ट देखाएको छ ।

पवित्र नन्द आनन्दका अनुसार, इनड्राइभले यात्रु र चालक दुवैको हितलाई ध्यानमा राख्दै सन्तुलित र आत्मनिर्भर इकोसिस्टम निर्माण गरेको छ । ‘यहाँ प्रत्येक सवारी गन्तव्यसम्मको यात्रा मात्र होइन, आपसी समझदारी र सन्तुष्टिको अनुभव पनि हो,’ उनले भनिन् । यात्रु र चालकबीचको सीधा संवादमार्फत भाडा निर्धारण हुने यो मोडेलले दुवै पक्षको आवश्यकता र सुविधाअनुसार यात्रा सम्भव बनाएको छ ।

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...