Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

 

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार आज मिति २०८२ बैशाख १० गतेबाट श्री गोविन्द घिमिरेज्युले औपचारिक रूपमा सम्हाल्नु भएको छ ।

तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएका श्री घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध हुनुहुन्छ ।

बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गर्नु भई कार्य अनुभव हासिल गर्नु भएका श्री गोविन्द घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । उहाँले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिई आउनु भएको छ ।

उहाँको योगदानहरू बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्वपूर्ण रहँदै आएका छन् ।

उहाँले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउनु भएको छ । उहाँको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।

नव नियूक्त कार्यकारी अधिकृत श्री गोविन्द घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा ब्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि देहाय बमोजिमको धारणा व्यक्त गर्नु भएको छ ।

“मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।”

साथै, आजैका मितिबाट लागु हुने गरी बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत श्री सुदेश उपाध्यायले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नु भएको छ ।

स्वदेशी तथा विदेशी बैंकहरुमा कार्य गरि कार्य अनुभव प्राप्त गर्नु भएका श्री सुदेश उपाध्याय अन्तराष्ट्रिय व्यापार तथा अन्तराष्ट्रिय सम्बन्धका साथै बैंकिङ्ग ब्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छ ।

उहाँहरुको नियुक्तिसँगै एनएमबि बैंकले अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वको स्वागत गर्दै ‘समृद्ध नेपाल’ को उद्देश्य तर्फ कदम अगाडी बढाएकोे छ ।

 

 

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...