NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो अभिव्यक्ति, निर्णय र काम मार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउँदै विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले सरकारको कमि कमजोरीहरु सच्चाउदैँ काङ्ग्रेस, एमालेबीच भएको सहमतीको आधारमा उद्देश्य प्राप्त गर्न अगाडि बढ्नु पर्ने भन्दै सरकारले काम मार्फत जनताको विश्वास जित्नु पर्ने बताए ।

उनले भने, ‘सभापतिले पनि भन्दै आउनुभएको छ र उहाँकै तर्फबाट भन्न चाहान्छु । पहिलो कुरा सरकारको कमि कमजोरीहरु सच्चाउनु छ । काम गर्ने कुरामा कतै तलमाथि भएको छ भने त्यो शैली बदल्नु छ ।

तर काङ्ग्रेस, एमालेबीच भएको सहमतीको आधारमा हामी जहाँ जानलाई, जे उद्देश्य प्राप्त गर्नको लागि सहमती गरेका छौ । त्यसमा दाँया बाँया हुदैँन् । यसको मतलब राम्रो कामलाई सुधार गर्दै लाने, सरकार सञ्जाललाई राम्रो बनाउदैँ जाने ।

प्रधानमन्त्रीलाई पनि हामीले भनेका छौ, हामीले आम नागरिकको मानसिकतालाई बुझेर समस्या सम्बोधन हुने गरि हाम्रो अभिव्यक्ति, निर्णय र काम मार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउदै विश्वासको वातावरण निर्माण गर्नुपर्छ ।’

यस्तै, उनले काङ्ग्रेस र एमालेको बीचमा भएको समझदारीको काममा ढिला भएको भन्दै अब चाँडै एउटा कार्यदल बनाएर अगाडि बढ्ने बताए ।

उनले भने, ‘संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने कुरामा काङ्ग्रेस र एमालेको बीचमा एउटा समझदारी भएको छ । तर त्यो काममा ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन ।

अब चाँडै नै भएको सहमतिको आधारमा पहिला कांग्रेस र एमालेको बीचमा एउटा कार्यदल बनाएर, कार्यदलले दुई दलको बीचमा आन्तरिक छलफल गरेर आधार तयार गर्ने र त्यो आधारको जगमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र संसद्मा रहेका अन्य दलहरूसँग संवाद गर्ने ।’

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...