CG Electronics
IME Life
NIMB

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउने बताएका छन् ।

बुधबार अर्थ समितिमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग भएको छलफलमा बोल्दै उनले शिक्षकहरुको समस्याको समाधानमा सरकार सकारात्मक रहेको भन्दै शिक्षकहरु र सरकारबीचमा वार्ताको माध्यमबाट नै समस्याहरु टुङ्गो लगाउने बताएका हुन् ।

उनले भने, ‘शिक्षकहरु आन्दोलनमा आउनुभएको छ । सरकारले उहाँहरुलाई सम्मानपूर्व सम्बोधन गर्दै आएको छ । सरकारको आग्रह के हो भने यो सरकारले शिक्षकका अथवा कुनै पनि समुदायको समस्याहरु सुुन्छ ।

सामथ्र्यको सिमाभित्र रहेर समाधान गर्छ । त्यसैले ज्ञापन पत्र मागपत्रको माध्यमबाट पनि समाधान गर्न सकिन्थ्यो । तर उहाँहरु आन्दोलनमा आउनुभयो र सरकारले वार्तामा आउनुहोस् भनेर जोड दियो । नआएपछि अनौपचारिक रुपमा शिक्षा मन्त्रालयले कसरी समाधान गर्ने भनेर छलफल पनि गर्यो ।

सरकारले माग पूरा गर्छ उहाँहरुले आन्दोलन फिर्ता लिने र विधेयक चालु अधिवेशनमा प्रस्तुत गर्ने र टुङग्याउने ढंगले जाउ भन्ने हिसाबले कुरा भएको हो । सरकार सकारात्मक समाधानको पक्षमा नै छ । शिक्षकहरुको समस्या वार्ताको माध्यमबाट नै टुङगीन्छ ।’

त्यस्तै, बैठकमा पूर्व अर्थमन्त्री वर्षमान पुनले जनताको आकांक्षा र छिमेकी मूलुकको विकासलाई हेर्दा अर्थतन्त्र खस्किदो रहेको बताए । जसको कारणले अर्थमन्त्रालय र सरकारलाई थप चुनौती थपेको उनको भनाई छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...