CG Electronics
IME Life
NIMB

शिक्षा उपसमितिले गरिरहेको काम कारबाही मन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ : सांसद थापा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले शिक्षा ऐन सम्बन्धी बनेको उपसमितिमा भईरहेको कामको बारेमा सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरुलाई र सिंगो देशलाई जानकारी गराउन माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले उपसमितिमा भईरहेको कामको बारेमा शिक्षामन्त्रीले संसद मार्फत सिंगो देशलाई जानकारी गराउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘यो सदनमा शिक्षामन्त्रीले पनि विषयवस्तु राख्नुपर्छ, उहाँले यो संसद र संसद मार्फत सिंगो देशलाई जानकारी गराउनु पर्छ ।

शिक्षा उपसमिति जुन गठन भएको छ त्यहाँ सबै पक्षको सर्वसहमतिमा एकसरो हिसाबले सबै दफामा छलफल भईरहेको छ र अब केही छलफल जारी रहेका विषयलाई टुङ्गाउने क्रममा काम भईरहेको छ ।

उपसमितिमा भईरहेको कामलाई सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरुलाई र सिंगो देशलाई जानकारी गराउनु पर्छ ।’
यस्तै, उनले बैशाख १४ गते भएको घटना दुख लाग्दो भएको भन्दै प्रहरी र शिक्षक दुबै पक्षले धर्यताका साथ आफ्नो काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हिजो भएको घटनाप्रति म दुख व्यक्त गर्न चाहान्छु । यस्तो घटना नुहुनु पर्ने थियो । प्रहरीहरु र शिक्षकहरु पनि राष्ट्र सेवक हुन्, राष्ट्र सेवकहरु माथि यो खालको आन्दोलनको नाममा गरिने व्यवहार गर्नु उचित होईन् ।

म शिक्षकहरुलाई आफ्ना घोषित कार्यक्रम अनुसार नै सरकार, संसद, समाज र सिंगो देशको जुन ध्यानाकर्षण गराई रहनु भएको छ त्यो प्रक्रियालाई नै अगाडि आग्रह गर्न चाहान्छु र सुरक्षाकर्मीहरुलाई पनि संयम भएर काम गर्न आग्रह गर्न चाहान्छु ।’

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...