Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

गोगोरोको प्रतिबद्धता पूरा : काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा

काठमाडौं । दुई पाङ्ग्रे विद्युतीय सवारी साधनको लागि ब्याट्री–स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौं उपत्यकाभरी पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू स्थापना गरेको छ । गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप स्मार्ट स्कुटरको बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको छ । सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि हो ।

रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेशनले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीमा सजिलै पहुँच प्रदान गर्दछ । केवल ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताले यात्राको आनन्द लिन सक्नेछन् ।

यात्रुलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रमा अवस्थित स्वाप स्टेशन, स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने, पहिलो पटक प्रयोग गर्नेका लागि पनि सहज र सरल ब्याट्री स्वाप प्रणाली, वास्तविक समय ब्याट्री, स्वास्थ्य निगरानी तथा अन्य सुरक्षा मापदण्डहरू यसका विशेषता हुन् ।

साथै भविष्यमा बढ्दो मागलाई सहजै व्यवस्थापन गर्न सक्ने संरचना, स्वाप स्टेशनमा गोगोरो ब्याट्रीद्वारा सञ्चालित in–built UPS प्रणाली उपलब्ध छ, जसले ग्राहकलाई बिजुली अवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता, स्वाप स्टेसनहरू एआई प्रणालीद्वारा सञ्चालित हुदा ब्याट्रीको स्वास्थ्य तथा प्रयोगकर्ताको मागअनुसार ब्याट्रीको उपलब्धता सुनिश्चित गर्दछ ।

गोगोरोको ब्याट्री–स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोध मध्ये एक रेन्जको चिन्तालाई (चार्ज सकिने चिन्ता) प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ । राइडरले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खने बारेमा कहिल्यै चिन्ता गर्नु पर्दैन । यसरी स्वाप स्टेशनले ईभी सवारीलाई अझ व्यवहारिक र आकर्षक बनाउँछन् । हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरूमा राखिएका छन् । हाल काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छन् र यो बढ्दो क्रममा छ ।

“नेपालको ईभी ईकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरा गर्न पाएकोमा गर्व लागेको छ, यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन सोँचको पहिलो खुड्किलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,” नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भने ।

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना...

वि.सं.२०८२ असार ३० सोमवार १५:५३

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै...

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सम्बन्धमा नाडाको...

वि.सं.२०८२ असार २८ शनिवार २२:४४

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलज्यूले राखेका...

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता...

वि.सं.२०८२ असार २८ शनिवार २२:३२

  काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले...

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...