NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

गोगोरोको प्रतिबद्धता पूरा : काठमाडौंमा ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा

NIMB
leapmotornepal (citroen)

काठमाडौं । दुई पाङ्ग्रे विद्युतीय सवारी साधनको लागि ब्याट्री–स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौं उपत्यकाभरी पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू स्थापना गरेको छ । गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप स्मार्ट स्कुटरको बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको छ । सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि हो ।

रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेशनले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीमा सजिलै पहुँच प्रदान गर्दछ । केवल ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताले यात्राको आनन्द लिन सक्नेछन् ।

यात्रुलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रमा अवस्थित स्वाप स्टेशन, स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने, पहिलो पटक प्रयोग गर्नेका लागि पनि सहज र सरल ब्याट्री स्वाप प्रणाली, वास्तविक समय ब्याट्री, स्वास्थ्य निगरानी तथा अन्य सुरक्षा मापदण्डहरू यसका विशेषता हुन् ।

साथै भविष्यमा बढ्दो मागलाई सहजै व्यवस्थापन गर्न सक्ने संरचना, स्वाप स्टेशनमा गोगोरो ब्याट्रीद्वारा सञ्चालित in–built UPS प्रणाली उपलब्ध छ, जसले ग्राहकलाई बिजुली अवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता, स्वाप स्टेसनहरू एआई प्रणालीद्वारा सञ्चालित हुदा ब्याट्रीको स्वास्थ्य तथा प्रयोगकर्ताको मागअनुसार ब्याट्रीको उपलब्धता सुनिश्चित गर्दछ ।

गोगोरोको ब्याट्री–स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोध मध्ये एक रेन्जको चिन्तालाई (चार्ज सकिने चिन्ता) प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ । राइडरले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खने बारेमा कहिल्यै चिन्ता गर्नु पर्दैन । यसरी स्वाप स्टेशनले ईभी सवारीलाई अझ व्यवहारिक र आकर्षक बनाउँछन् । हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरूमा राखिएका छन् । हाल काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छन् र यो बढ्दो क्रममा छ ।

“नेपालको ईभी ईकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरा गर्न पाएकोमा गर्व लागेको छ, यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन सोँचको पहिलो खुड्किलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,” नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भने ।

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई सहज बनाएको छ : नाडा अध्यक्ष

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१२

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी...