Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सूचना प्रविधिमा अग्रणी करदाता एनसेललाई सरकारद्वारा राष्ट्रिय सम्मान

kumari  bank

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने अग्रणी करदाताका रूपमा एनसेललाई नेपाल सरकारले राष्ट्रिय सम्मान प्रदान गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरे।

एनसेलले आईसीटी विकास तथा समृद्ध नेपाल अभियानमा उल्लेखनीय योगदान पुर्‍याउँदै गत आर्थिक वर्षमा २० अर्ब ३० करोड रुपैयाँ कर तथा शुल्क सरकारलाई बुझाएको थियो। कम्पनीले स्थापना कालदेखि हालसम्म ३४० अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको छ। यस उपलब्धिका लागि एनसेल यसअघि पनि उत्कृष्ट करदाता तथा सर्वोत्कृष्ट आयकरदाताका रूपमा विभिन्न सम्मानहरू प्राप्त गरिसकेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सरकारबाट प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै ‘डिजिटल नेपाल’ निर्माणमा कम्पनीको निरन्तर योगदान जारी रहने प्रतिवद्धता जनाए। साथै, एनसेल फाउन्डेसनमार्फत देशभर सञ्चालन भएका सामाजिक उत्तरदायित्व कार्यक्रमहरूले १ करोड ३० लाखभन्दा बढी जनतामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको जानकारी दिइएको छ।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:१०

  काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा...

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा...

वि.सं.२०८२ जेठ २ शुक्रवार ००:००

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन...

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को...

वि.सं.२०८२ जेठ १ बिहीवार २२:२३

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका...

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता तथा तालिम कार्यक्रम सम्पन्न

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३७

  काठमाडौँ । लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३१

काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा...

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:५५

  काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज...