CG Electronics
IME Life
NIMB

एमबियूएसटीद्वारा “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने

NIMB
Himalayan Bank

 

काठमाडौं, बैशाख २१। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” शीर्षकमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आइतवार काठमाडौंमा आयोजना गर्ने भएको छ।

उक्त सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरू सहभागी हुनेछन्। उनीहरूले विश्वविद्यालयको दीर्घकालीन भिजन, रणनीति र अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्नका लागि आवश्यक पहलहरूबारे छलफल गर्नेछन्।

विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीका अनुसार सम्मेलनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु र नवस्थापित विश्वविद्यालयको प्रभावकारी सञ्चालनका लागि व्यापक समर्थन जुटाउनु हो। उनका अनुसार हालसम्म रु. १ करोड २५ लाख बराबरको आर्थिक सहयोग संकलन भइसकेको छ।

एमबियूएसटी विशेष विश्वविद्यालय सञ्चालन ऐनमार्फत स्थापना भएको हो। हाल विश्वविद्यालयमा ३४ जना स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थी अध्ययनरत छन्।

सम्मेलनमा प्रमुख वक्ताको रूपमा सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक तथा एमबियूएसटीका ट्रस्टी प्रो. सीरम रामकृष्णले सम्बोधन गर्ने छन्।

 

“विश्वस्तरीय विश्वविद्यालय निर्माण: सरोकारवालाको सहभागिता” विषयमा हुने प्यानल छलफल बाह्रखरी मिडियाका प्रधान सम्पादक श्री प्रतीक प्रधानले सञ्चालन गर्ने छन्। छलफलमा सहभागी हुने विशिष्ट व्यक्तित्वहरूमा निम्न रहेका छन्:

श्री भानु आचार्य, ट्रस्टी, एमबियूएसटी तथा पूर्व महानियन्त्रक

प्रा. गोविन्दराज पोखरेल, पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

डा. राजेन्द्रध्वज जोशी, अध्यक्ष, एमबियूएसटी

माननीय महेशकुमार बर्तौला, ट्रस्टी, एमबियूएसटी तथा सांसद

प्रा. डा. संगीता सिंह, ट्रस्टी, एमबियूएसटी तथा पूर्व सदस्य, राष्ट्रिय योजना आयोग

सम्मेलनमा विभिन्न देशका सातभन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरूले पनि आ–आफ्ना विचार प्रस्तुत गर्नेछन्। तीमध्ये केही प्रमुख वक्ताहरू यस्ता छन्:

प्रा. नाम प्यो सुह, ट्रस्टी, एमबियूएसटी; एमआईटी तथा केएआईएसटी (कोरिया) का एमेरिटस प्राध्यापक

प्रा. सुजाने फोर्टियर, ट्रस्टी, एमबियूएसटी; म्याकगिल विश्वविद्यालय, क्यानाडा

प्रा. रिचर्ड मिलर, संस्थापक अध्यक्ष, ओलिन इन्जिनियरिङ कलेज, अमेरिका

डा. केनिची ओहाशी, पूर्व नेपाल निर्देशक, विश्व बैंक

डा. शम्स कासिम–लाखा, अध्यक्ष, बोर्ड अफ ट्रस्टी, सेन्ट्रल एशिया विश्वविद्यालय, किर्गिस्तान

श्री ब्रुस फ्लेस्नर, अध्यक्ष, एभरेष्ट साइन्स एण्ड टेक्नोलोजी फण्ड, अमेरिका

सम्मेलनमा करिब ४०० सहभागीहरू र ३० भन्दा बढी वक्ताहरूको उपस्थिति रहनेछ। आयोजकका अनुसार यस सम्मेलनले एमबियूएसटीलाई नवप्रवर्तनशील, अन्तर्राष्ट्रिय रूपमा सञ्जाल विस्तार गर्ने र भविष्यमा विश्वस्तरीय शैक्षिक संस्था बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...